Thursday, July 30, 2026
spot_img

नेप्सेमा दरमखोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दरमखोला हाइड्रो इनर्जी लिमिटेडको शेयर सूचीकृत भएको छ । आज बुधबार कम्पनीको १ करोड ३ लाख ५ हजार कित्ता शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएपछि बिहीबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। बिहीबारको स्पेसन प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १४२.८१ रुपैयाँदेखि ४२८.४३ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर DHEL सिम्बलबाट कारोबार हुने छ।

कम्पनीले साउन १५ देखि साउन १९ गतेसम्म आम सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई २४ लाख २३ हजार १ सय ८५ कित्ता शेयर निष्काशन गरेको थियो।

कम्पनीले बागलुङको गलकोट नगरपालिका वडा नम्बर ११ मा ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ।

कम्पनीको शेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनआरएनलाई पुँजीबजारमा भित्र्याउनेबारे छलफल

नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरू बीच...

धितोपत्र बोर्डले विवादित डबल आईजीन स्वीकृत नगर्ने, एकल आईजीनले नै निरन्तरता पाउँदै

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले ‘डबल...

ठूलो ब्याट्री र थपिएका फिचर्ससहित नेपाली बजारमा देखियो टाटा पन्च

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ...

एकसाथ ९ वटा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

सरकारले एकसाथ ९ वटा विधेयक संघीय संसदमा पेश गर्ने...

बालेन सरकारको यातायात नीतिः ईभी बस किन्नेलाई ऋण, प्राईभेट सेक्टरले पनि हाई–वे बनाउन पाउने

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले ‘राष्ट्रिय यातायात नीति...

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकलाई जय नेपाल हलमा १२ प्रतिशत छुट

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकले जय नेपाल सिनेमा हलमा फिल्मको टिकट...
spot_img