Sunday, November 9, 2025
spot_img

नेप्सेमा दरमखोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दरमखोला हाइड्रो इनर्जी लिमिटेडको शेयर सूचीकृत भएको छ । आज बुधबार कम्पनीको १ करोड ३ लाख ५ हजार कित्ता शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएपछि बिहीबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। बिहीबारको स्पेसन प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १४२.८१ रुपैयाँदेखि ४२८.४३ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर DHEL सिम्बलबाट कारोबार हुने छ।

कम्पनीले साउन १५ देखि साउन १९ गतेसम्म आम सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई २४ लाख २३ हजार १ सय ८५ कित्ता शेयर निष्काशन गरेको थियो।

कम्पनीले बागलुङको गलकोट नगरपालिका वडा नम्बर ११ मा ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ।

कम्पनीको शेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जेन्–जी आन्दोलन: ‘गरिब राष्ट्र’बाट माथि उक्लिने यात्रामा ‘ब्रेक’ !

संयुक्त राष्ट्र संघले नेपाललाई सन् २०२६ को नोभेम्बरमा विकासशील...

नेप्सेमा बुङ्गल हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुङ्गल हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...
spot_img
spot_img
spot_img