Monday, July 27, 2026
spot_img

भदौ २२ देखि ३ लाख ५८ हजार कित्ता बढी शेयर लिलाम गर्दै एशियन लाइफ, कहाँ दिने आवेदन ?

spot_img

एशियन लाइफ इन्स्योरेन्सले भदौ २२ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक समुहको ३० हजार ३८ दशमलव ५७ कित्ता शेयर र सर्वसाधारण समुहको ३ लाख २८ हजार ४ सय ७३ दशमलव ८१ कित्ता गरि कुल ३ लाख ५८ हजार ५ सय १२ दशमलव ४८ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

यस लिलामीको शेयरमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ ।

यस लिलामी प्रक्रियाको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा संस्थापक शेयरको हकमा न्युनतम १००० कित्ता र सर्वसाधारण समुहको शेयरको न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । सस्न्थापक शेयरको हकमा नियामकिय्य प्रावधान अनुसारको फिट एण्ड प्रपर टेस्टको कागजात पनि पेश गर्नु पर्ने छ।

काठमाडौँ जिल्ला भित्र मुक्तिनाथ क्यापिटलको कार्यालय नक्सालबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, विर्तामोड,  विराटनगर, बिरगंज, जनकपुर,  हेटौडा, नारायणगढ, पोखरा, बाग्लुंग, बुटवल, घोराही, नेपालगंज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ ।

कम्पनीले असार २५ गतेदेखि साउन २० गतेसम्म १:०.४२ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ४२ प्रतिशतले हुन आउने १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८  कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सो अवधिमा बिक्री नभएको शेयर अब लिलाम हुन लागेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...
spot_img