Monday, July 27, 2026
spot_img

अब लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने, राष्ट्र बैंकले जारी गर्यो निर्देशन

spot_img

नेपाल राष्ट्र बैंकले लघुवित्तले वितरण गर्न पाउने लाभांश सम्बन्धि व्यवस्था फेरबदल गरेको छ। नयाँ व्यवस्था अनुसार अब  लघुवित्त वित्तीय संस्थाहरुले लाभांश घोषणा÷वितरण गर्दा लाभांश वितरण पछिको पुँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्कृय कर्जा अनुपातलाई आधार मानी गर्नु पर्ने छ।

जस अनुसार लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने छन्। ५ प्रतिशत भन्दा कम निष्क्रिय कर्जा भएका तथा लाभांश वितरणपछिको पुँजीकोष अनुपात १२ प्रतिशत भन्दा माथि हुने लघुवित्तले २५ प्रतिशत लाभांश दिन पाउने छन् ।

यस्तो छ लघुवित्तले दिन सक्ने लाभांश दर सहितको तालिका : 

पुँजीकोष र निष्कृय कर्जाबाहेक अन्य आधार समेत लिनुपर्ने देखिएमा राष्ट्र बैंकले उल्लिखित तालिकामा तोकिएको सीमाभन्दा कम हुने गरी लाभांश स्वीकृति प्रदान गर्न सक्नेछ । लघुवित्त वित्तीय संस्थाले नगद लाभांश वितरणको प्रस्ताव गर्नुपरेमा न्यूनतम ९ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्नेछ । साथै १५ प्रतिशत भन्दा बढी निष्कृय कर्जा अनुपात भएका लघुवित्त वित्तीय संस्थाहरुले लाभांश वितरण गर्न सक्ने छैनन् ।

नयाँ व्यवस्था अनुसार चुक्ता पुँजी कायम गर्न नसकेको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाको हकमा बोनस शेयर प्रदान गर्न कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण प्रस्ताव गर्न पाइने छैन ।

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...
spot_img