Sunday, July 26, 2026
spot_img

दोहोरो आईजिन विवाद: निर्देशिकाको ‘सक्नेछ’ शब्दले संस्थापक शेयरधनी झन् सशंकित

spot_img

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले सबै कम्पनीको शेयरलाई कम्तिमा दुई वटा प्रकारमा छुट्याएर दुईथरि आईजिन प्रदान गर्ने गरि निर्देशिका तयार पारेको छ। धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका, २०८२ ले सबै कम्पनीको शेयर दुई वटा आईजिन सहित दर्ता गर्ने प्रस्ताव गरेको छ । सिडिएससीले हाल यो निर्देशिका स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ ।

आइजिन भनेको संगठित संस्थाले जारी गरेका शेयर वा अन्य धितोपत्रलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने धितोपत्रको अन्तर्राष्ट्रिय परिचय नम्बर ( International Securities Identification Number -ISIN) हो। यो युनिक नम्बर हो, विश्वमा कहिँ कतैपनि अर्को कम्पनीको नम्बरसँग मिल्दैन । नेपालका सबै कम्पनीका ISIN नम्बर NP बाट सुरु हुन्छ।

हालसम्म उत्पादन तथा प्रशोधन समूह, होटेल तथा टुरिजम समूह, हाइड्रोपावर, ट्रेडिङ, र लगानी समूहका शेयर एकै आईजिनमा दर्ता हुन्थ्यो।  तर अब अहिलेको निर्देशिकाले जुन सुकै कम्पनीको शेयर पनि संस्थापक र सर्वसाधारण गरि छुट्टाछुट्टै दुई समूहमा दर्ता गर्न खोजेको छ।

निर्देशिकामा संगठित संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संस्थापक र सर्वसाधारण समूहको शेयर छुट्टिएको अवस्थामा संस्थापक र सर्वसाधारण शेयर समुहलाई छुट्टा छुट्टै आइजिन प्रदान गर्नु पर्ने भानिएको छ। कम्पनी संस्थापन गर्नेहरुको शेयर संस्थापक शेयरको रुपमा रहने र सो कम्पनीले आईपीओ निष्काशन गरेमा आईपीओमा निष्काशन गरिएको शेयर साधारण शेयर हुन्छ । सबै कम्पनीमा हुने यहि नै हो। निर्देशिकामा एकै प्रकारका धितोपत्र समूहलाई एउटै र फरक प्रकारका धितोपत्र समुहिाई छुट्टा छुट्टैआइजिन प्रदान गर्नु पर्ने भनिएको छ। आईपीओ निष्काशन गर्ना साथ शेयरको प्रकार फरक हुने भएकोले अब सबै कम्पनीले एक भन्दा बढी आईजिन पाउने देखिन्छ। यति मात्र नभई आईपीओ निष्काशन गरिसकेका तर लकइन अवधि सम्पन्न नभईसकेका कम्पनीको हकमा पनि दुई थरि आईजिन दिनु पर्ने निर्देशिकामा उल्लेख छ।

‘सक्नेछ’ शब्दले संस्थापक शेयरधनी झन् सशंकित

दोहोरो आइजिन प्रदान गर्ने निर्देशिकाको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), सौर्य उर्जा उत्पादकहरुको संस्था, नेपाल (सोप्पान), गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायतका संस्थाले आपत्ति जनाउंदै निर्देशिका परिमार्जन गर्न माग गर्दै आएका छन्  । अहिले निर्देशिकाको मस्यौदाको पूर्णपाठ सार्वजनिक भएसंगै निर्देशिकामा प्रयोग गरिएको शब्दले उनीहरु झन् संशकित भएका छन् ।

निर्देशिकामा दुईथरि आईजिन दिने विषयमा ‘गर्नु पर्नेछ’, ‘दिनु पर्नेछ’ जस्ता शब्दावली प्रयोग गरिएको छ। जसले पर्छ नै अर्थात् बाध्यकारी वा अर्को विकल्प नभएको बुझाउछ।

तर जब लकइन अवधि सकिएपछि दुई वटा आईजिनलाई मर्जर गरेर एउटा बनाउने विषय आउछ, निर्देशिकाको भाषा परिवर्तन भई ‘सकिने’ र ‘सक्नेछ’ मा परिणत हुन्छ। सक्नेछ भन्ने शब्दले यो बाध्यकारी नभई तजबिजी अधिकारीको रुपमा छोडिएको जस्तो देखिन्छ । अर्थात सिडीएससीले दुईवटा आईजिनलाई मर्जर नगरेर एउटै मात्र कायम गरिरहन सक्छ। जुन हाल इमार्जिंग नेपालको हकमा भईरहेको छ। कम्पनीले साधारणसभाबाट प्रस्ताव पारित गरेर ल्याए पनि सिडीएससीले दुई वटा आइजिन मर्ज गरिदिएको छैन ।

यहि सक्नेछ भन्ने शब्दले उत्पादन तथा प्रशोधन समूह, होटेल तथा टुरिजम समूह, हाइड्रोपावर, ट्रेडिङ, र लगानी समूहका संस्थापक शेयरधनीहरु थप सशंकित भएका छन् । एक संस्थापक शेयरधनी भन्छन् ‘सक्नेछ भन्ने शब्द राखेर काम नगरिदिन सक्ने विकल्प पनि खुला राखेको देखियो, मन लागे मर्जर गर्ने , मन नलाग्ने नगर्ने जस्तो खालको देखियो, कुनै कर्मचारीलाई तजबिजी अधिकारको रुपमा छोडेको देखिन्छ, संस्थापक शेयरधनीको शेयर लकइन अवधि खुलेपछि पनि बिक्री गर्न नदिने नियत देखियो, यो निर्देशिका नै खारेज गर्नु पर्छ’ ।

आईजिन मर्जरमा पनि अनावश्यक झन्झट 

निर्देशिकाको व्यवस्था हुबहु लागु भएमा कम्पनीहरुले आईजिन मर्जर गराउन पनि निकै झन्झट बेहोर्नु पर्ने देखिन्छ। आईजिन मिसाउनको लागि साधारणसभाबाट पारित गर्नु पर्ने भनिएको छ। साथै राष्ट्रिय स्तरको दैनिक पत्रिका र अन्य संचारमाध्यममा कम्तिमा दुई पटक सूचना प्रकाशन गर्नु पर्ने भनिएको छ । धितोपत्र बोर्डको सहमति चाहिने पनि भनिएको छ । एक संस्थापक शेयरधनीका अनुसार यी व्यवस्थाले आईजिन मर्जरमा पनि कम्पनीलाई झन्झट हुने देखिन्छ । साथै धितोपत्र बजारलाई जानकारी गराउनु पर्ने र कम्पनीले दुई वटा आईजिन नचाहिने भन्दै स्वघोषणा गरेको हुनु पर्ने भनिएको छ । तर यी सबै गर्दा पनि कम्पनीको अईजिन मर्जर भएर एउटा हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन किनभने निर्देशिकामा सक्नेछ भन्ने प्रयोग गरिएको छ। जसले सो कार्य बाध्यकारी नभई स्वच्छिक भएको देखाउछ ।

अर्का एक संस्थापक शेयरधनी भन्छन् ‘एकातिर अन्तर्राष्ट्रिय मान्यता र अभ्यास विपरितका व्यवस्था समेटेर निर्देशिका आएको छ, अर्को तिर आईजिन मर्जरमा पनि कम्पनीलाई आर्थिक भार पर्ने, अनावश्यक झन्झट हुने खालका व्यवस्था राखिएको छ, यति गर्दा पनि आईजिन मर्जर हुने ग्यारेन्टी पाइदैन भने जोखिम मोलेर कम्पनी स्थापना गर्न कसले लगानी गर्छ ?’

यस्ता व्यवस्थाले लगानीको वातावरण बिग्रने र लगानी नै ठप्प हुने अवस्था आउँन सक्ने उनको भनाई छ ।

यस अघि : आईजिन कार्यविधिमा पुनर्विचार गर्न सोप्पानको आग्रह, लगानी नै नआउनेतर्फ गरायो सचेत

इप्पानले भन्यो ‘आईजिनबारे सिडीएससीको प्रस्ताव लागु भए पुँजीबजारमा गम्भीर संकट आउँछ’

दोहोरो आइजिन खारेजीको माग गर्दै इप्पानले भेट्यो अर्थमन्त्री, अन्य ४ निकायको ध्यानाकर्षण

आईजीन विवादले लगानीकर्ताको सम्पत्ति बन्धक

सिडिएसले IPO आएका नयाँ कम्पनीको शेयर दुईथरि कायम गर्न खोज्दा शेयरबजारमा तरङ्ग

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img