Thursday, July 16, 2026
spot_img

आईजीन विवादले लगानीकर्ताको सम्पत्ति बन्धक

spot_img

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीको शेयर दुईथरि कायम गर्न खोज्दा लगानीकर्ताको सम्पत्ति नै बन्धक हुन पुगेको छ। सिडिएसको यो कदमको कारण पियोर इनर्जी लिमिटेडको शेयर आईपीओ बाँडफाँड भएको ३० दिन बित्दा पनि नेप्सेमा सूचीकृत हुन सकेको छैन।

कम्पनीले शेयर सूचीकृत गराउनको लागि नेप्सेमा निवेदन दिइसकेको छ। तर नेप्सेले भने कम्पनीको कागजात अध्ययन कै क्रममा रही प्रक्रिया मै रहेको भन्दै अझै पनि शेयर सूचीकरण गरेको छैन । शेयर सूचीकृत नहुँदा आईपीओ मार्फत शेयर खरिद गरेका लगानीकर्ताले आफ्नो सम्पत्ति (शेयर) बिक्री गर्न पाएका छैनन्। साथै अन्य आम लगानीकर्ताहरु पनि कम्पनीको शेयर कारोबार गर्नबाट बन्चित भएका छन्।

भएको के हो ?

सिडिएससीले उर्जा, र उत्पादन समूहका कम्पनीको शेयर पनि संस्थापक र सर्वसाधारण गरि छुट्टाछुट्टै दुई समूहमा दर्ता गर्न खोज्दा अन्योलता उत्पन्न भएको छ। हाल बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको शेयर मात्र साधारण र संस्थापक गरि दुई समूहमा दर्ता र सूचीकरण हुन्छ।

तर सिडिएसले अहिले उत्पादन तथा प्रशोधन समूह, होटेल तथा टुरिजम समूह, हाइड्रोपावर, ट्रेडिङ, र लगानी समूहका शेयर पनि संस्थापक र सर्वसाधारण गरि छुट्टाछुट्टै दुई समूहमा दर्ता गर्न खोजेको छ।

उदाहरणको लागि एउटा खोला भन्ने जलविद्युत कम्पनीको सबै शेयर अहिले KHOLA सिम्बलबाट सूचीकृत हुन्छ। यसको लागि नेप्सेले एउटा मात्र International Securities Identification Number – ISIN नम्बर दिन्छ । यो युनिक नम्बर हो, विश्वमा कहिँ कतैपनि अर्को कम्पनीको नम्बरसँग मिल्दैन । नेपालका सबै कम्पनीका ISIN नम्बर NP बाट सुरु हुन्छ। अब सिडिएसले खोला भन्ने कम्पनीको संस्थापक शेयरलाई KHOLAP र साधारण शेयरलाई KHOLA सिम्बल र त्यहि अनुसार दुई वटा छुट्टाछुट्टै आईजिन कोड दिन खोजेको हो।

सिडिएसको यो कदमको कारण अहिले बजारमा अन्योलता सिर्जना भएको हो भने शेयर सूचीकरण प्रक्रियामा पनि लाग्ने समय पनि बढेको हो।

यस अघि बजारमा आएको उत्पादन समूहको ओम मेगाश्री फर्मासुटिकल्सको शेयर सूचीकरण हुन ३५ दिन लागेको थियो। कम्पनीको आईपीओ चैत्र १२ गते बाँडफाँड भएको थियो भने वैशाख १७ गते मात्र नेप्सेमा सूचीकृत भएको थियो। पियोर इनर्जीको शेयर अझै सूचीकृत भएको छैन ।

पियोर इनर्जीले शेयर डिम्याटको लागि आवेदन दिएपछि सिडिएसले नेप्सेलाई पत्र लेख्दै कम्पनीको संस्थापक समूहको शेयर र सर्वसाधारण समूहको शेयरको लागि छुट्टाछुट्टै आईजिन कोड माग गरेको थियो।   तर नेप्सेले हाल थप कुनै नयाँ कानूनी व्यवस्था नगरिएकोले यस अघिको अभ्यास अनुसार नै कम्पनीलाई एउटा मात्र कोड थियो। तर सिडिएसले त्यसलाई सर्वसाधारण समूहको शेयरको सिम्बल मानेर संस्थापक समूहको शेयरको लागि भन्दै अर्को कोड पठाउन नयाँ पत्र पठायो। तर नेप्सेले अर्को कोड नदिएपछि पियोर इनर्जीको संस्थापक शेयरधनीहरुलाई सिडिएसले डिम्याट खातामा शेयर पठाएको छैन।

पियोर इनर्जीको सबै शेयर NPE480A00001 आईजिनमा दर्ता गरिएको छ । तर आईपीओ परेका सर्वसाधारण बाहेक अरु कसैको खातामा शेयर हालिएको छैन ।

पालना भएन धितोपत्र बोर्डको निर्देशन 

आईजीनको विषयमा विवाद भएपछि सिडिएससीले हालै लकइन अवधि खुला भएको इमर्जिंग नेपालको शेयरको आईजिन छुट्टाछुट्टै राख्ने वा मर्ज गरेर एउटै राख्ने भन्नेबारे नेपाल धितोपत्र बोर्डको राय माग गरेको थियो। जसमा धितोपत्र बोर्डले प्रचलित व्यवस्था र प्रचलित असल अभ्यास अनुरुप अबिलम्ब निर्णय गर्न निर्देशन दिएको थियो । यस अघि प्रत्यक्ष नियामक नभएका कम्पनीको आईजीन एकै हुने भएकोले धितोपत्र बोर्डले पनि एकै राख्न निर्देशन दिएको देखिन्छ । सिडिएसले बोर्डको यो निर्देशन पालना गरेको देखिदैन।

बोर्डले सुनुवाई गरेन पियोर इनर्जीको उजुरी

त्यसो त् पियोर इनर्जीले पनि सिडिएस विरुद्द जेठ १ गते नेपाल धितोपत्र बोर्डमा उजुरी दर्ता गराएको थियो । उजुरीमा पियोर इनर्जीले आफुले ८० लाख कित्ता शेयर डिम्याट गराउनको सिडिएसमा आवेदन दिएको, र  त्यसको लागि लाग्ने शुल्क बुझाईसकेको भए पनि सिडिएसले सबै शेयर डिम्याट खातामा नहालेको उल्लेख गरिएकोथियो। सिडिएसले पियोर इनर्जीको १६ लाख कित्ता शेयर मात्र डिम्याट गरि बाँकि शेयर डिम्याट नगरेको र सबै शेयर डिम्याट गरि डिम्याट खातामा पठाउन आग्रह गर्दा पनि सिडिएसले नगरेको उजुरीमा उल्लेख गरिएको थियो।

उजुरी पत्रमा सिडिएसले किन सबै शेयर डिम्याट खातामा नपठाएको हो भन्ने बारे छानबिन गरि सिडिएसमाथि आवश्यक कारवाही गर्न माग गरिएको थियो। साथै बाँकि रहेको ६४ लाख कित्ता शेयर तुरुन्त डिम्याट गरि सम्बन्धित शेयरधनीको खातामा पठाउनको लागि निर्देशन जारी गर्न धितोपत्र बोर्ड समक्ष माग गरिएको थियो। सिडिएसले आफुले पुरा गर्नु पर्ने काम र कर्तब्य पुरा नगरेको भए सो विरुद्द कडा निर्देशन चाल्न पनि आग्रह गरिएको थियो। सिडिएसले सबै शेयर डिम्याट खातामा नपठाउदा कम्पनीलाई अवरोध र समस्या भईरहेको पनि उल्लेख गरिएको थियो।

तर धितोपत्र बोर्डले कम्पनीको यो उजुरीबारे आजसम्म कम्पनीलाई केहि पनि जवाफ नदिएको पाईएको छ ।  पियोर इनर्जीको शेयर रजिष्ट्रार रहेको नबिल इन्भेष्टमेन्टले पनि सिडिएसलाई पत्र लेख्दै कम्पनीको सबै शेयर एउटै आईजिन अर्थात् NPE480A00001 मा डिम्याट गरि सम्बन्धित लगानीकर्ताको खातामा पठाउन आग्रह गरेको थियो। त्यस आग्रहलाई पनि सिडिएसले सम्बोधन गरेको छैन ।

पर्ख र हेरमा नेप्से

पहिलो पटक आईजीन विवाद देखिएको र यस विषयमा धितोपत्र बोर्डमा कम्पनीले उजुरी गरेको अवस्थामा बोर्डबाट केही निकास आउँछ कि नेप्से पर्ख र हेरको परिस्थितिमा थियो। नेप्से स्रोतका अनुसार यसमा धितोपत्र बोर्डबाट केही आउने नदेखिएपछि धेरै ढिलो भईसकेकोले अब भने कम्पनीको शेयर सूचीकृत गरिदिने मुडमा नेप्से पुगेको छ। बोर्डबाट थप केही नआएमा आगामी हप्ता आइतबार/सोमबार वा ढिलोमा मंगलबारसम्म कम्पनीको शेयर सूचीकरण गर्ने नेप्सेको तयारी छ।

यस अघि ओम मेगाश्रीको शेयरमा पनि यहि विवाद देखिएको थियो। कम्पनीका संस्थापक शेयरधनीको शेयर डिम्याट खातामा हालिएको छैन । तर कम्पनीको शेयर सूचीकृत भएर साधारण शेयर भने कारोबार भईरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट पुर्याउन नेपाल-भारत सहमत

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट...

नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधिसभाको अर्थ समितिले नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि...

सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा...

काठमाडौँमा अस्तव्यस्त रूपमा झुण्डिएका तार व्यवस्थापन गरिँदै

काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा...

प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम...

कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ता: असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

यातायात कार्यालयले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता...
spot_img