Friday, November 14, 2025
spot_img

जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’ को तयारी पूरा

spot_img

जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’को तयारी पूरा भएको आयोजकले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवं मेलाका मधेस प्रदेश संयोजक दीपेन्द्र पौडेलले यही जेठ १९ र २० गते हुने मेलाको तयारी पूरा भएको जानकारी दिएका हुन् ।

उनका अनुसार मेलामा रोजगारीसहितका स्टल रहने छन् । कामको खोजीमा रहेका युवाहरूको अन्तर्वार्ता रोजगारदाताले मेलामै लिने र आवश्यक परेको जनशक्तिलाई रोजगारीको अवसर दिनेगरी मेलाको तयारी गरिएको संयोजक पौडेलले बताए ।

मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी तथा विभिन्न सामाजिक संस्थालगायत ३५ भन्दा बढी स्टल रहनेछन् । श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कल सेन्टर, सुरक्षित आप्रवासन सामी, रेमी श्रमाधानलगायत सरकारी स्टल रहनेछन् ।

कामको खोजीमा रहेका युवालाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल तथा विभिन्न नेटवर्किङ सत्र, स्थानीय सांस्कृतिक प्रस्तुतिलगायत कार्यक्रम पनि राखिएका आयोजकले जनाएको छ । मेलाको उद्घाटन जेठ १९ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गर्नेछन् । सरकारले सातै प्रदेशमा आयोजना गरेको मेलाअन्तर्गत मधेस प्रदेशको मेला जनकपुरधाम उद्योग वाणिज्य सङ्घको सभाहलमा हुने भएको हो ।

मेलाले रोजगारीका चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सरकारी निकाय, निजी क्षेत्रका रोजगारदाता र नागरिक समाजका संस्थाहरूबीच साझेदारीलाई बढावा दिने विश्वास लिइएको छ । साथै रोजगारी सिर्जना, उद्योगहरूको प्रवर्दन गर्ने र रोजगार बजार विस्तार गरेर नेपालको समग्र आर्थिक विकासमा योगदान पुर्याउने मेलाको उद्देश्य रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img