बुधबार सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानस्थित बसपार्कमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय भिमानले संयुक्त रुपमा सवारी चालकहरुले लागु पदार्थ सेवन गरे/नगरेको चेकजाँच गर्दा ५ जना चाकलले लागु पदार्थ सेवन गरेको पाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीको समन्वयमा ४० वटा सवारी साधनका चालकहरुमा गरिएको चेकजाँचका क्रममा ५ जना सवारी चालकले लागु पदार्थ सेवन गरेको पाइएको हो । ति चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, भिमान पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बिपी राजमार्ग र मदन भण्डारी राजमार्ग भएर सञ्चालित सवारी साधनका चालकहरुमा यस्तो चेकजाँच गरिएको थियो ।









