नबिललाई भिसा इन्टरनेशनलका दुई अवार्ड

spot_img
spot_img

नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्वपूर्ण दुई विधामा अवार्ड जितेको छ । बैंकले यस वर्ष एक्सिलेन्स इन कन्ट्याक्टलेस–इसुइङ र एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट विधामा अवार्ड जितेकोे हो ।

भिसा लिडरसिप कन्क्लेभमा नबिल बैंकका प्रतिनिधिले उक्त विधाका अवार्डहरु ग्रहण गरेका थिए । यस अघि पनि उक्त विधाहरुमा नबिल बैंकको वर्चस्व रहदै आएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले यस अवार्डले ग्राहकवर्गको सुविधा र सहजतालाई ध्यानमा राखी निरन्तर नवीनता र नवप्रवर्तनलाई आत्मसात् गर्न थप उर्जा प्राप्त भएको बताए । “हामीलाई यस अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रति प्रतिबद्ध रहन थप प्रेरणा प्रदान गरेको छ,” उनले भने ।

भिसा इन्टरनेशनल कार्ड प्रदायक कम्पनी हो । नेपालमा भिसाले बर्सेनि भिसा लिडरसिप कन्क्लेभ समापन गर्दै आइरहेको छ । नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारमा भिसाले एक महत्वपूर्ण उत्प्रेरकको भूमिका निर्वाह गर्दै आएको छ ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । चार दशकभन्दा लामो बैंकिङ यात्रामा नबिलले नवीन सेवा तथा प्रविधिमार्फत बैंकिङलाई थप सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ । बैंकले ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अगाडि बढाएको छ । बैंकले देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटिएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन

सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण...

ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ प्रतियोगिता आयोजना गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ...

विश्वकै ठूलो मर्जरको सम्भावना, बन्न सक्छ ५ खर्ब डलरको कम्पनी

विश्वकै धनी व्यक्ति एलन मस्कका दुई सबैभन्दा ठूला कम्पनी...

प्रधानमन्त्रीको भारत भ्रमणपछि किन उत्साहित छन् नेपालका उद्योगी–व्यवसायी ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अर्थतन्त्र र उद्यम व्यवसायसँग...

टेकुमा निर्मित बायो ग्यास प्लान्टबाट परीक्षण उत्पादन सुरु

काठमाडौंको टेकुमा निर्मित बायो ग्यास प्लान्टबाट परीक्षण उत्पादन सुरु...

नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्सको अध्यक्षमा प्रज्वलजंग पाण्डे

नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्सको अध्यक्षमा प्रज्वलजंग पाण्डे चयन भएका...