नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ । निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एपली ग्यास बिक्री वितरणलाई सहज बनाउन तथा उपभोक्ता हित प्रवर्द्धन गर्न विभिन्न नाम र ब्रान्डमा रहेका एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने नीति लिएको हो ।
निगमले सबै उद्योगलाई पत्र लेख्दै गाभ्ने कार्ययोजना बनाई काम अगाडि बढाउन आग्रह गरेको छ । निगमको चालू आर्थिक वर्ष २०८३ / ०८४ मा स्विकृत नीति तथा कार्यक्रमको बुँदा नं. ३२ मा ” एल.पि. ग्यास विक्री वितरणलाई सहज बनाउन तथा उपभोक्ता हित प्रवर्द्धन गर्न विभिन्न नाम र ब्राण्डमा रहेका एल. पि. ग्यास उद्योगहरुलाई एक आपसमा गाभ्ने नीतिलाई निरन्तरता दिइनेछ” भनि उल्लेख थियो ।
सोहि अनुसार निगमले सबै उद्योगलाई पत्राचार गरेर कार्ययोजना बनाई गाभ्ने नीतिलाई प्रोत्साहन गरी कार्य अगाडी बढाउन निर्देशन दिएको हो।










