जाइडिन बायोटेक बन्यो औषधिको कच्चापदार्थ उत्पादन प्रमाणपत्र पाउने पहिलो कम्पनी

spot_img
spot_img

जाइडिन बायोटेक लिमिटेडले नेपालमै पहिलोपटक औषधिको कच्चापदार्थ उत्पादनको प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले क्यान्सरको औषधिसहित अन्य सबै खालका औषधिको कच्चापदार्थ उत्पादनका लागि असल उत्पादन अभ्याससम्बन्धी जिएमपी प्रमाणपत्र प्राप्त गरेको हो ।

चिवतनको भरतपुर महानगरपालिका–१६ मा रहेको कम्पनीले नेपाल औषधि व्यवस्था विभागबाट ९ अक्टुबर २०२६ मा प्रमाणपत्र प्राप्त गरेको हो । यस्तो प्रमाणपत्रको बहाल अवधि ८ अक्टुबर २०२८ सम्म रहने विभागले जनाएको छ। यसअघि विभागले अगस्ट २५ र २६ मा स्थलगत निरीक्षण गरेको थियो ।

कम्पनीका संस्थापक अध्यक्ष जीनारायण बहादुर क्षेत्रीका अनुसार वार्षिक २ टन कच्चापदार्थ उत्पादन गर्न सक्ने क्षमता रहेको कम्पनीले ‘ट्रायल प्रोडक्शन’ सुरु गरिसकेको छ । अब कम्पनीले औषधि उद्योगहरुका लागि आवश्यक कच्चापदार्थ उत्पादन गरेर स्वदेशी उद्योगलाई दिनुका साथै भारत, बंगलादेश र पाकिस्तानमा निर्यातसमेत गर्ने लक्ष्य लिएको छ । यसको तयारीसमेत अघि बढाइसकिएको अध्यक्ष क्षेत्रीले बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कामना सेवा फुटसल कपको छैठौँ संस्करण सम्पन्न

कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक...

मकर जितुमाया सुरी हाइड्रोपावरद्वारा पहिलो पटक लाभांश घोषणा

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले पहिलो पटक लाभांश घोषणा...

सुनचाँदीको भाउ बढ्यो

आज सोमबार सुनको भाउ बढेको छ । अघिल्लो दिन...

हिमालयन लघुवित्तको लाभांश घोषणा

हिमालयन लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको कार्तिक १३...

युनिलिभर नेपालले १५४० प्रतिशत लाभांश दिने

युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको...

फोटोनका १४ वटा ईभी TM1 Pickup भाटभटेनीलाई हस्तान्तरण

फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा TM1 विद्युतीय...