मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले पहिलो पटक लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
हाल कम्पनीको चुक्ता पुँजी ७६ करोड रहेको छ ।










