हिम पर्वत हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज कार्तिक १६ गते अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कार्तिक ११ गतेदेखि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख २२ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
नेपाल धितोपत्र बोर्डले असोज २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले कुल ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशनको गर्ने छ।
यस कम्पनीले ५.५ मेगावाटको सागु खोला १ र २० मेगावाटको सागु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ देखि विद्युत उत्पादन गरिरहेको छ।










