फोटोनका १४ वटा ईभी TM1 Pickup भाटभटेनीलाई हस्तान्तरण

spot_img
spot_img

फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा TM1 विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ । एमए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो ।

Together Towards Greener Future नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धतालाई दर्शाएको छ ।

भाटभटेनी सुपरमार्केटले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारीसाधन समावेश गर्नुले व्यवसाय सञ्चालनसँगै वातावरण संरक्षणलाई पनि प्राथमिकता दिएको देखाउँछ । कम्पनीका अनुसार फोटोन TM1 विद्युतीय सवारीसाधन वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र भरपर्दो कार्यक्षमताका कारण व्यावसायिक ढुवानीका लागि उपयोगी विकल्प बन्न सक्छ ।

एमए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकतामा राख्दै आएको बताउँदै फोटोन मोटर्ससँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस्ता पहलले नेपालका अन्य व्यवसायलाई पनि विद्युतीय सवारीसाधनको प्रयोग गर्न प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हिमालयन लघुवित्तको लाभांश घोषणा

हिमालयन लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको कार्तिक १३...

युनिलिभर नेपालले १५४० प्रतिशत लाभांश दिने

युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको...

वैदेशिक रोजगारीमा रहेकाले हिम पर्वतको आईपीओ भर्ने आज अन्तिम दिन

हिम पर्वत हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन...

मोरङको केरौन १३२ केभी सबस्टेसन सञ्चालनमा, लाइन ट्रिपिङको समस्या कम हुने

मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको  विद्युत आपूर्तिलाई थप...