Thursday, July 16, 2026
spot_img

एक हप्ता नेपाल बस्ने गरि किन आए एमसीसीका सेक्टर अपरेशन प्रबन्ध निर्देशक ?

spot_img

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का सेक्टर अपरेशन प्रबन्ध निर्देशक केभिन मिचेल नेपाल भ्रमणमा आएका छन् । एक हप्ता नेपाल बस्ने गरि उनी एमसीए–नेपालको कार्य प्रगति बुझ्न आएको बताइएको छ ।

एमसीसी कम्प्याक्ट कार्यान्वयनमा भएको प्रगति बुझ्न र एमसीए–नेपाल र अन्य सरकारी अधिकारीहरुसँग भेट्न केभिन नेपालमा आएका हुन् ।

केभिन १५ वर्षदेखी एमसीसीमा कार्यरत छन् ।

एमसीसी अन्तर्गत अमेरिकी अनुदान सहयोगमा नेपालमा ५० करोड अमेरिकी डलर खर्चेर सडक र हाइ भोल्टेज प्रशारणलाइन बनाउन लागिएको छ ।

एमसीए नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत ३ वटा सबस्टेसनसहित काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किलोमिटर लामो प्रशारण लाइन बनाउन आर्थिक सहयोग गर्दैछ । अहिले १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माणका लागि आह्वान भएको बोलपत्रमा प्राप्त आवेदनहरुको मूल्यांकन भइरहेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img