Thursday, May 22, 2025
spot_img

एक हप्ता नेपाल बस्ने गरि किन आए एमसीसीका सेक्टर अपरेशन प्रबन्ध निर्देशक ?

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का सेक्टर अपरेशन प्रबन्ध निर्देशक केभिन मिचेल नेपाल भ्रमणमा आएका छन् । एक हप्ता नेपाल बस्ने गरि उनी एमसीए–नेपालको कार्य प्रगति बुझ्न आएको बताइएको छ ।

एमसीसी कम्प्याक्ट कार्यान्वयनमा भएको प्रगति बुझ्न र एमसीए–नेपाल र अन्य सरकारी अधिकारीहरुसँग भेट्न केभिन नेपालमा आएका हुन् ।

केभिन १५ वर्षदेखी एमसीसीमा कार्यरत छन् ।

एमसीसी अन्तर्गत अमेरिकी अनुदान सहयोगमा नेपालमा ५० करोड अमेरिकी डलर खर्चेर सडक र हाइ भोल्टेज प्रशारणलाइन बनाउन लागिएको छ ।

एमसीए नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत ३ वटा सबस्टेसनसहित काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किलोमिटर लामो प्रशारण लाइन बनाउन आर्थिक सहयोग गर्दैछ । अहिले १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माणका लागि आह्वान भएको बोलपत्रमा प्राप्त आवेदनहरुको मूल्यांकन भइरहेको छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

शक्ति गुमाएर ‘भूत बंगाला’ बनेको उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले साना र मझौला उद्यमी व्यवसायीहरुको...

बुद्धको ७२ सिटे जहाजद्वारा काठमाडौं–भरतपुर परीक्षण उडान

बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले काठमाडौं–भरतपुर परीक्षण उडान...

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...
spot_img