Wednesday, June 18, 2025
spot_img

विनोद चौधरीको प्रश्न, ‘लगानीकर्ता निराश छन्, निजी क्षेत्रको लिड गर्ने पार्टी कुन हो ?

spot_img
spot_img

उद्योगपतिसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले निजी क्षेत्रका लगानीकर्ता निराश रहेको बताएका छन् । कुल लगानी र रोजगारीमा ८० प्रतिशतभन्दा बढीको अभिभारा बोकेको निजी क्षेत्र अहिले निराश र त्रसित रहेको उनको भनाइ छ ।

पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै सांसद चौधरीले पार्टीले निजी क्षेत्रको आकांक्षा, चाहनाको नेतृत्व गर्छ कि गर्दैन भन्ने अन्योल रहेको बताउँदै उत्पादन, राजश्व र निकासी घटिरहेको दृष्टान्त पेश गरे ।

‘निजी क्षेत्रको लिड गर्ने पार्टी कुन हो ? कांग्रेसले यो अवसर गुमाउने त होइन भन्ने चिन्ता मलाई छ’ उनले भने, ‘उत्पादन, राजश्व र आयात घट्नुले खपत घटेको कुरालाई प्रष्टसँग देखाउँछ, हामीले यो कुरालाई अझैपनि गम्भीर रुपमा लिएर हाम्रा राजश्वका दरहरुलाई उत्पादन बढाउनेतर्फ प्राथमिकता दिनुको साँटो सरकार अन्य विभिन्न दलीलका आधारमा व्याख्या गर्ने काममा लागेको पाउँछु ।’

उनले नेकपा एमालेसँग साझेदारी भएर नयाँ सरकार बनेसँगै लगानीकर्तामा आशा पलाएको बताएका छन् । यद्यपी, आर्थिक नीति र दृष्टिकोणका सवालमा नेपाली कांग्रेस अस्पष्ट देखिएको भन्दै चौधरीले कांग्रेसको आर्थिक दृष्टिकोणलाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने बताएका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

होटललाई औद्योगिक ग्राहकमा रुपान्तरण गरिँदै, घट्दै बिजुलीको महशुल

नेपाल विद्युत प्राधिकरणले सरकारको घोषणा अनुसार होटललाई औद्योगिक ग्राहकमा...

भारत आउने भयो एलन मस्कको स्टारलिंक इन्टरनेट, केन्द्र सरकारले दियो अनुमति

भारत सरकारले एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सको स्टारलिंकलाई भारतमा...

एलएस अटोका दुइ मोडल नाइमा एक्स्पोमा आउने

एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रा.लि.ले...

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...
spot_img