spot_img

विनोद चौधरीले भनेः ‘मेरो फोटो प्रयोग गरेर स्क्याम लिंकहरु आएका छन्, विश्वास नगर्नुहोस्’

spot_img

उद्योगपति विनोद चौधरीले सामाजिक सञ्जालमा आफ्नो नाम र तस्बिरको प्रयोग गरेर विभिन्न स्क्याम लिंक तथा भ्रामक सामग्रीहरू सार्वजनिक भइरहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपालका एकमात्र डलर अर्बपति चौधरीले यस विषयमा आफूले यसअघि पनि सामाजिक सञ्जालमार्फत जानकारी गराउनुका साथै नेपाल प्रहरीको साइबर ब्यूरोसमक्ष पनि आवश्यक कारबाहीका लागि आग्रह गर्दै आएको उल्लेख गरेका छन् ।

तर पनि यस्ता भ्रामक पोष्ट सामाजिक सन्जालमा आउने क्रम जारी रहेको भन्दै उनले आफ्नो नाममा लगानी योजना, रकम स्थानान्तरण वा आर्थिक कारोबारसम्बन्धी प्रकाशित र प्रशारित सामग्री तथा लिंकहरु भ्रामक भएको प्रष्ट पारेका छन् ।

‘मेरो नाम वा तस्बिर प्रयोग गरिएका अपरिचित लिंकमा क्लिक नगर्नुहोस्, व्यक्तिगत विवरण उपलब्ध नगराउनुहोस् र कुनै पनि आर्थिक कारोबार गर्नुअघि त्यसको आधिकारिकता सुनिश्चित गर्नुहोस्’ उनले लेखेका छन्, ‘यस्ता गतिविधिहरू भेटिएमा सम्बन्धित सरकारी निकायमा जानकारी गराउनुका साथै आवश्यक सावधानी अपनाउनुहुन अनुरोध गर्दछु ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बैंकहरुलाई नाफा–नोक्सान प्रस्तुत गर्न नयाँ व्यवस्था आउँदै, NFRS 18 को मस्यौदा सार्वजनिक

बैंक तथा वित्तीय संस्थाहरुको लागि नाफा–नोक्सान प्रस्तुत गर्न छिट्टै...

यी हुन् सानिमा बैंकका ठूला शेयरधनी, ३ वटा बीमा कम्पनी भित्रिए

सानिमा बैंकमा लिमिटेडको ०.५ प्रतिशत वा सो भन्दा बढी...

बाढी र पहिरो पश्चात ‘हाइ अलर्ट’मा प्राधिकरण, अवरुद्द सेवा पुनःस्थापनाका लागि टोली परिचालन

अविरल वर्षा, बाढीपहिरो, हावाहुरी तथा चट्याङका कारण देशका विभिन्न...

कामना सेवाका महिला कर्मचारीद्वारा रसुवा बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग

कामना सेवा विकास बैंकमा कार्यरत महिला कर्मचारीहरूले रसुवामा आएको...

आज रातीदेखि मौसम सुध्रिने अनुमान

नेपालभरी वर्षा गराइरहेको मौसमी प्रणाली आइतबार रातीबाट क्रमशः कमजोर...

९ वटा आयोजनाबाट विद्युत उत्पादन बन्द, ठाउँ ठाउँमा प्रसारणलाइनका टावरमा पनि क्षति

निरन्तरको अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका...