सानिमा बैंकमा लिमिटेडको ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने शेयरधनीको संख्या १८ रहेको छ। आर्थिक वर्ष २०८२/८३ को विवरण अनुसार बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने शेयरधनीको संख्या १८ रहेको हो।
जस मध्ये ८ संस्थागत शेयरधनी र बाँकि व्यक्तिगत शेयरधनी रहेका छन् । बैंकका सबैभन्दा धेरै शेयर अरुण कुमार ओझाको रहेको छ। उनीसँग बैंकको ८ प्रतिशत अर्थात् १ करोड ८ लाख ६७ हजार ८ सय ४५ कित्ता शेयर छ। त्यस्तै टेक राज निरौलासँग ६.३९ प्रतिशत अर्थात् ८६ लाख ७४ हजार ५ सय ७० कित्ता शेयर रहेको छ। जीवनाथ लामिछानेसँग ५.२६ प्रतिशत अर्थात् ७१ लाख ४६ हजार ४ सय ८७ कित्ता शेयर रहेको छ।
त्यस्तै सन् नेपाल लाइफ इन्स्योरेन्ससँग बैंकको ४.५१ प्रतिशत र कर्मचारी संचय कोषसँग ४.२८ प्रतिशत शेयर स्वामित्व रहेको छ । अमला इन्भेष्टमेन्ट प्रालिसँग बैंकको ३.९७ प्रतिशत शेयर स्वामित्व रहेको छ।
आर्थिक वर्ष २०८२/८३ मा बैंकको ठूलो शेयरधनीको रुपमा ३ वटा बीमा कम्पनी भित्रिएका छन् । बैंकको ठूला शेयरधनीको रुपमा सूर्य ज्योति लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन, र नेपाल लाइफ इन्स्योरेन्स भित्रिएका हुन् । यी कम्पनीले बैंकको क्रमश ०.५९ प्रतिशत, ०.५४ प्रतिशत र ०.५१ प्रतिशत स्वामित्व रहेको छ।
हेर्नुस् को सँग कति छ शेयर ?













