आज रातीदेखि मौसम सुध्रिने अनुमान

spot_img

नेपालभरी वर्षा गराइरहेको मौसमी प्रणाली आइतबार रातीबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् । अहिले भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि पनि क्रमशः कम हुँदै जानेछ ।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबार दिनभरी देशका एकाध स्थानमा भारी वर्षा हुने र धेरै स्थानमा सामान्य वर्षा हुने पूर्वानुमान छ । उनका अनुसार अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणतर्फ वर्षा बढी भइरहेको छ ।

अहिले न्यूनचापीय प्रणाली विस्तारै कमजोर भइसकेको र त्यसको थोरै मात्र प्रभाव बाँकी रहेकाले अब रातीबाट क्रमशः पानी पर्न कम हुनेछ ।

साथै, भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय क्षेत्रसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेकाले मधेश, बागमती र कोशी प्रदेशको पश्चिमी भूभागमा वर्षा हुने सम्भावना छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशका हिमाल, पहाड र तराईका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कोशी प्रदेशको पूर्वी भूभागमा भने तुलनात्मक रूपमा कम वर्षा हुने अनुमान छ । रातीदेखि भने मौसममा क्रमशः सुधार आउने अपेक्षा गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...