spot_img

निप्पोन फर्मास्युटिकलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

spot_img

निप्पोन फर्मास्युटिकल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कोशी प्रदेश, मोरङ्ग जिल्ला, बिराटनगर म.न.पा वडा नं. १२ बखरीमा अवस्थित यस कम्पनीले आईपीओ निष्काशनको लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाई बिक्री प्रबन्धक चयन गरेको छ।

सो सम्झौता पत्रमा निप्पोन फर्मास्युटिकल लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक मन्टु घिमिरे तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

निप्पोन फर्मास्युटिकल लिमिटेड WHO-GMP  र अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डहरु अनुरुप विभिन्न प्रकारका औषधीहरु जस्तै ट्यावलेट, क्याप्सुल, तरल औषधी, मलम, क्रीम जेल, ओआरएस (ORS), ड्राइ सिरप र पेनिसिलिन लगायतका उत्पादन गर्ने फर्मास्युटिकल कम्पनी हो। कम्पनीको दर्ता २००६ मा भई उद्योग स्थापना २०१७ मा भएको हो।

यस कम्पनीले औषधी तथा अषौधिजन्य उत्पादन पोर्टफोलियोको विकास र निर्माण गरेर नेपाली फर्माबजारलाई सम्बोधन गरिरहेको छ । स्थापना भएको ५ वर्ष पछि अर्थात् २०२२ देखि आफ्नो व्यावसायिक उत्पादन र मार्केटिङ्ग सुरु गरेको निप्पोन फर्मास्युटिकलले स्थापनाको ४ वर्षमा विभिन्न थेराप्युटिक सेगमेन्टका ६० भन्दा बढी उत्पादनहरुको बजारीकरण गर्न सक्षम भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ट्रम्प र सी भेटवार्तामा ८ बुँदे सहमति: ३० अर्ब डलरको ट्यारिफ कटौती, चीनले २ वटा पाण्डा दिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच...

छुजुङ खोला जलविद्युत आयोजना बनाउन जुट्यो लगानी, माछापुच्छ्रे बैंकको अगुवाइमा ९ अर्ब ऋण

संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ...

रोशी खोलाको बाढीले खतराको तह नाघ्यो, साइरन बज्न थाल्यो

बिपी राजमार्गको आडबाट बग्ने रोशी खोलाको बाढीले खतराको तह...

देशका मुख्य राजमार्ग बन्द, काठमाडौँमै रोकिए गाडी

निरन्तरको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्दा महत्वपूर्ण...

काठमाडौँ महानगरले भन्यो ‘फोहोरलाई घर भित्रै राख्नुहोस्’

लगातारको अविरल वर्षाका कारण फोहोरो व्यवस्थापनमा पनि समस्या भएको...

टाइम फर्मास्युटिकल्सद्वारा बाढी प्रभावितका लागि ५४ लाख २५ हजार सहयोग

टाइम फर्मास्युटिकल्सले भोटेकोशी बाढी प्रभावितको राहत र पुनःस्थापनाका लागि...