Wednesday, August 19, 2026
spot_img

अनुदानमा कार्यरत शिक्षकको तलव बढ्यो, सरकारलाई ४.६८ अर्ब भार थपियो

spot_img

शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार सङ्घीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ रुपैयाँबाट बढेर ४८ हजार ५८ रुपैयाँ पुगेको छ । त्यस्तै, आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक ३४ हजार ७३० रुपैयाँबाट ३८ हजार २०३ रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, इसिडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ थप गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार (इसिडी) सहजकर्ताको मासिक पारिश्रमिक १२ हजारबाट १७ हजार रुपैयाँ, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार रुपैयाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार रुपैयाँ पुगेको छ ।

पारिश्रमिक वृद्धि कार्यान्वयनपछि सरकारमाथि वार्षिक ४ अर्ब ६८ करोड ९८ लाख २८ हजार १०० रुपैयाँ थप दायित्व सिर्जना हुने बताइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपालीको गौरव र शान मानिने ‘खुकुरी’ संरक्षणमा वल्र्डलिंकको साथ

नेपालीको पहिचान, गौरव र शानका रूपमा स्थापित परम्परागत नेपाली...

स्वस्तिक लघुवित्तले बोलायो एजिएम, नियामकले स्वीकृति दिए २०० प्रतिशत हकप्रद निष्काशन गर्ने

स्वस्तिक लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ...

एभरेष्ट बैंकको नेतृत्वमा ४२० मेगावाटको तिला २ जलविद्युत आयोजनालाई जुट्यो लगानी

ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवद्र्धित ४२० मेगावाट क्षमताको तिला–२...

भारतमा हुने फुटवेयर एक्स्पोमा नेपाली ब्रान्ड ‘जेम्स’को सहभागिता रहने

अगस्ट २१ देखि २३ तारिखसम्म भारतको नयाँ दिल्लीमा आयोजना...

सेबोनले सार्वजनिक गर्यो मार्जिन ऋण नियमावलीको मस्यौदा, ९ विषयमा माग्यो सुझाव

नेपाल धितोपत्र बोर्डले मार्जिन ऋण कारोबार नियमावली, २०८३ को...

टाटा कार्निभलको चौथो संस्करणः पूराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने

नेपालका लागी टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिंगले बिहिबारदेखि...
spot_img