Wednesday, August 19, 2026
spot_img

भारतमा हुने फुटवेयर एक्स्पोमा नेपाली ब्रान्ड ‘जेम्स’को सहभागिता रहने

spot_img

अगस्ट २१ देखि २३ तारिखसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘फुटवेयर इन्डिया एक्स्पो–२०२६’मा नेपाली ब्रान्ड ‘जेम्स’ले सहभागिता जनाउने भएको छ ।

जेम्स ब्रान्डको उत्पादक कम्पनी नेपाल जुत्ता फ्याक्ट्री प्रालिले एक्स्पोमा आफ्नो स्टल राख्ने भएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अर्यालका अनुसार लामो समयदेखि उक्त एक्स्पोमा नेपालको सहभागिता हुन सकेको थिएन । यसपटक भने नेपाल जुत्ता फ्याक्ट्रीले सहभागिता जनाउन लागेको उनले बताए ।

कम्पनीले विगत २५ वर्षदेखि विभिन्न प्रकारका गुणस्तरीय जुत्ता उत्पादन गर्दै आएको छ । जुत्ता तथा चप्पल उत्पादनमा आवश्यक पर्ने कम्पाउन्डसमेत उत्पादन गरी कम्पनीले अन्य उद्योग तथा व्यवसायलाई बिक्री गर्दै आएको छ ।

सीईओ अर्यालका अनुसार एक्स्पोमा भारतका करिब ४ सय जुत्ता उद्योग तथा व्यवसायको सहभागिता रहनेछ । अन्तर्राष्ट्रियस्तरको उक्त प्रदर्शनीमा नेपाली कम्पनीको सहभागिताले नेपालको फुटवेयर उद्योग तथा उत्पादनलाई भारतीय बजारमा चिनाउने र नयाँ बजार विस्तारका लागि अवसर सिर्जना गर्ने उनले बताए ।

नेपाल जुत्ता फ्याक्ट्रीको सहभागिताले नेपाली जुत्ताको गुणस्तर, उत्पादन क्षमता र ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने अवसर मिल्ने कम्पनीको अपेक्षा छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सेबोनले सार्वजनिक गर्यो मार्जिन ऋण नियमावलीको मस्यौदा, ९ विषयमा माग्यो सुझाव

नेपाल धितोपत्र बोर्डले मार्जिन ऋण कारोबार नियमावली, २०८३ को...

टाटा कार्निभलको चौथो संस्करणः पूराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने

नेपालका लागी टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिंगले बिहिबारदेखि...

अब प्याकेजिङ र लेबल बिनाका खाद्यान्न बेच्न नपाइने, शीत भण्डारलाई बिजुली ‘फ्री’

सरकारले आपूर्ति नीति २०६९ खारेज गर्दै नयाँ आपुर्ति नीति...

एनएमबिको नेतृत्वमा देशकै ठूलो निजी हाइड्रोलाई जुट्यो ४४.५५ अर्ब ऋण, १३ BFI को लगानी

निजी क्षेत्रको लगानीमा बन्न लागेको देश कै ठूलो हाइड्रोपावर...

घट्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

नाइमा एक्स्पोमा ४४ युनिट म्याक्सस बुकिङ, भदौ १५ सम्म अफर कायमै रहने

हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रा.ली.ले नाइमा नेपाल मोबिलिटी...
spot_img