Wednesday, August 19, 2026
spot_img

स्वस्तिक लघुवित्तले बोलायो एजिएम, नियामकले स्वीकृति दिए २०० प्रतिशत हकप्रद निष्काशन गर्ने

spot_img

स्वस्तिक लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ २७ गते आर्थिक वर्ष २०८१/८२ को साधारणसभा बोलाएको हो।

कम्पनीले सभाको विशेष प्रस्ताव अन्तर्गत १:२ को अनुपातमा २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ। नियामक निकाय नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएमा मात्र कम्पनीले हकप्रद निष्काशन गर्ने छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। भदौ १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व. २०८१ / ८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने।

२. लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु तथा सम्बन्धित अनुसुचिहरु छलफल गरि पारित गर्ने ।

३. बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक बर्ष २०८२ / ०८३ का लागी लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।

४. सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधीत्व हुनेगरि एकजना महिला सहित २ (दुई) जना सञ्चालकको निर्वाचन सम्बन्धमा ।

विषेश प्रस्ताव
१. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीका केही दफा / नियमहरुको संशोधन स्वीकृत गर्ने (जारी र चुक्ता पुजी बृद्धि गर्ने एवं अन्य दफा तथा नियमहरुमा आवश्यक संशोधन गर्ने) तथा उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायले फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक संशोधन / परिमार्जन गर्न संचालक समिति वा संचालक समितिले तोकेको पदाधिकारीलाई अधिकार दिने ।

२. नियामक निकायले स्वीकृति प्रदान गरेमा १:२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने ।

३. वित्तीय संस्थाले अन्य ईजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई मर्जर / प्राप्ती (Merger /Acquisition) गर्न वा भई जान उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पुर्ण कार्य गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने । ४. सञ्चालकहरुको भत्ता तथा सुविधा परिमार्जन गर्ने सम्बन्धमा ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपालीको गौरव र शान मानिने ‘खुकुरी’ संरक्षणमा वल्र्डलिंकको साथ

नेपालीको पहिचान, गौरव र शानका रूपमा स्थापित परम्परागत नेपाली...

एभरेष्ट बैंकको नेतृत्वमा ४२० मेगावाटको तिला २ जलविद्युत आयोजनालाई जुट्यो लगानी

ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवद्र्धित ४२० मेगावाट क्षमताको तिला–२...

भारतमा हुने फुटवेयर एक्स्पोमा नेपाली ब्रान्ड ‘जेम्स’को सहभागिता रहने

अगस्ट २१ देखि २३ तारिखसम्म भारतको नयाँ दिल्लीमा आयोजना...

सेबोनले सार्वजनिक गर्यो मार्जिन ऋण नियमावलीको मस्यौदा, ९ विषयमा माग्यो सुझाव

नेपाल धितोपत्र बोर्डले मार्जिन ऋण कारोबार नियमावली, २०८३ को...

टाटा कार्निभलको चौथो संस्करणः पूराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने

नेपालका लागी टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिंगले बिहिबारदेखि...

अब प्याकेजिङ र लेबल बिनाका खाद्यान्न बेच्न नपाइने, शीत भण्डारलाई बिजुली ‘फ्री’

सरकारले आपूर्ति नीति २०६९ खारेज गर्दै नयाँ आपुर्ति नीति...
spot_img