Wednesday, August 19, 2026
spot_img

नाइमा एक्स्पोमा ४४ युनिट म्याक्सस बुकिङ, भदौ १५ सम्म अफर कायमै रहने

spot_img

हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रा.ली.ले नाइमा नेपाल मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई टेरेन पिकअप ट्रक बुकिङ भएको जनाएको छ । जसमध्ये कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन ८ वटा बुकिङ भएको कम्पनीको भनाइ छ ।

कम्पनीले तीन हप्ता अगाडि मात्र सार्वजनिक गरेको ई टेरेन कम्फर्ट भर्सन पिकअपलाई ८८ लाखमै बजारमा प्रस्तुत गरेको थियो र नाइमा अटो शोमा २ लाख छुट समेत प्रदान गरेको थियो । त्यसैगरी प्रिमियम भर्सनको मूल्य १ करोड २८ लाख थियो भने यस मोडलको पिकअपमा ५ लाख छुट प्रदान गरिएको थियो ।

कम्पनीले यो छुट सुविधा नाइमा मोबिलिटी एक्सपोको लागि मात्र कायम गरिएको भएतापनि धेरै ग्राहकहरूले नाइमा पछि पनि केही दिनका लागि उक्त अफर कायम राखिदिन अनुरोध गरेकाले भदौ १५ गतेसम्मका लागि यो छुट सुविधा यथावत राखिएको जनाएको छ । अब यो छुट सुविधा लिन इच्छुक ग्राहकहरूले हात्तीसार स्थित म्याक्ससको सोरुममा नै गएर बुकिङ गर्न सक्नेछन् ।

‘परिवार र व्यवसायका लागि एउटै सवारी’ नारा दिएर बिक्री सुरु भएको म्याक्सस पिकअप छोटो समयमा नै नेपालमा लोकप्रिय भएको छ । विशेषगरी युवा उमेरका, कच्ची सडकहरूमा यात्रा गरिराख्नुपर्ने व्यक्तिहरू तथा क्याम्पिङमा रुचि राख्ने व्यक्तिहरूले यो सवारी साधन रुचाएको देखिन्छ । म्याक्सस पिकअप अन्य भन्दा एग्रेसिभ देखिनु, सुविधा सम्पन्न कारहरूमा जत्तिकै फिचरहरू लोड भएको साथै व्यवसायिक र निजी दुवै प्रयोजनका लागि उपयुक्त हुने भएका कारण पनि नेपालमा यसले छिटै बजार लिएको देखिन्छ ।

उच्च ग्राउन्ड क्लिरेन्सका भएका कारण कन्स्ट्रक्सन तथा हाइड्रोपावर फिल्डमा भएका व्यवसायीहरूका लागि यो विद्युतीय पिकअप उपयुक्त हुनुको साथै किफायती समेत हुने जनाइएको छ । यो सुविधा सम्पन्न पिकअप चाइनाको विश्वसनीय तथा ख्याति प्राप्त कम्पनी SAIC अन्तर्गत MAXUS कम्पनीद्वारा उत्पादन गरिएको भएका कारण पनि नेपाली ग्राहकहरूले यस कम्पनीलाई छिट्टै विश्वास गरेको पाइएको छ ।

साथै हिमालय मोटोरोक्सले पनि बिक्रीपछिको सेवाका लागि सहज रूपमा स्पेयर पार्ट्स तथा सर्भिस सुविधा उपलब्ध कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएकाले उपभोक्ताले अझ बढी विश्वास गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सेबोनले सार्वजनिक गर्यो मार्जिन ऋण नियमावलीको मस्यौदा, ९ विषयमा माग्यो सुझाव

नेपाल धितोपत्र बोर्डले मार्जिन ऋण कारोबार नियमावली, २०८३ को...

टाटा कार्निभलको चौथो संस्करणः पूराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने

नेपालका लागी टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिंगले बिहिबारदेखि...

अब प्याकेजिङ र लेबल बिनाका खाद्यान्न बेच्न नपाइने, शीत भण्डारलाई बिजुली ‘फ्री’

सरकारले आपूर्ति नीति २०६९ खारेज गर्दै नयाँ आपुर्ति नीति...

एनएमबिको नेतृत्वमा देशकै ठूलो निजी हाइड्रोलाई जुट्यो ४४.५५ अर्ब ऋण, १३ BFI को लगानी

निजी क्षेत्रको लगानीमा बन्न लागेको देश कै ठूलो हाइड्रोपावर...

घट्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

रूपाकोट रिसोर्टले आईपीओ निष्काशन गर्ने, एनआईसी एशिया क्यापिटलसँग सम्झौता

रूपाकोट रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...
spot_img