spot_img

नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स

spot_img

दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम पर्फ्युम्स नेपाल प्रालिले उक्त ब्रान्डलाई औपचारिक रूपमा नेपाली बजारमा भित्र्याएको हो।

शनिबार कम्पनीले काठमाडौंको सुन्धारास्थित सिभिल मलको पसल नम्बर १०१ मा आउटलेट उद्घाटन गर्न लागेको हो।जमजम पर्फ्युम्सले हाल साउदी अरब, पाकिस्तान, कुवेत र ओमानमा गरी २४ वटा आउटलेट सञ्चालन गरिरहेको जनाएको छ । काठमाडौंमा खुल्न लागेको आउटलेट कम्पनीको विश्वव्यापी सञ्जालअन्तर्गत २५औं शाखा हुनेछ ।

आउटलेट उद्घाटनको लागि जमजम ब्रदर्सका नामले सामाजिक सञ्जालमा चर्चित अब्दुल गफुर र मोहम्मद शकुर शुक्रबार काठमाडौं आइपुगेका छन्। आज उनीहरुसँग मिट एण्ड ग्रिट कार्यक्रम आयोजना गरिएको छ। उनीहरू क्रमशः बडे भाइ र छोटे भाइका नामले परिचित छन् ।

कम्पनीका अनुसार आधिकारिक आउटलेट सञ्चालनमा आएपछि नेपाली उपभोक्ताले दुबईका मौलिक तथा उच्च गुणस्तरीय पर्फ्युम भरपर्दो माध्यमबाट खरिद गर्न सक्नेछन् । जमजमका उत्पादन सिभिल मलस्थित आउटलेटसँगै माईपे र कम्पनीको आधिकारिक नेपाली वेबसाइटमार्फत पनि उपलब्ध हुनेछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सलिकोद्वारा सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख जारी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई “अत्यधिक...

बिजुलीमा लगाइएको भ्याट फिर्ता गर्न महासंघको माग

नेपाल उद्योग वाणिज्य महासंघले चालु आर्थिक वर्ष २०८३÷०८४ देखि...

ईसेवाको सीइओको रुपमा निरज शर्माले सम्हाले कार्यभार

बैंकिङ क्षेत्रको लामो अनुभव भएका निरज शर्माले  ईसेवाको प्रमुख...

बाढीका कारण १० अर्ब आम्दानी गुमाउँदै ‘प्राधिकरण’, महशुल घटाइए ‘टाट’ पल्टने आँकलन

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा...

५ हजारले घट्यो सुनको भाउ

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको असोज...