ईसेवाको सीइओको रुपमा निरज शर्माले सम्हाले कार्यभार

spot_img

बैंकिङ क्षेत्रको लामो अनुभव भएका निरज शर्माले  ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा कार्यभार सम्हालेका छन्। आज सोमबारदेखि ईसेवाको सीइओको रुपमा उनको कार्यकाल सुरु भएको हो ।

ईसेवाका अध्यक्ष परशुराम कुँवर क्षेत्रीले नव नियुक्त सीइओ शर्मालाई स्वागत गरेका हुन् । शर्मालाई स्वागत गर्दै अध्यक्षले क्षेत्रीले शर्माको नयाँ दृष्टिकोण र रणनीतिक सोचका साथ उनको नेतृत्वले आगामी यात्रामा नयाँ ऊर्जा, नवीनता (इनोभेसन) र वृद्धिलाई अगाडि बढाउने विश्वाश व्यक्त गरेका छन्। 

ईसेवाका यस अघिका सीईओ जगदीश खड्काको ४ वर्षे कार्यकाल असोज ९ गते सकिएपछि आजदेखि शर्माले कार्यभार सम्हालेका हुन्। निरज शर्मासँग बैंकिङ र डिजिटल कारोबार क्षेत्रको लामो अनुभव छ । उनले नबिल बैंकमा चिफ बिजनेस अफिसरका रुपमा काम गरेका छन् ।

ईसेवाले पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...