आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५२ हजार ३ सय १५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १ सय ४५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ८ सय ६७ रुपैयाँ तोकिएको छ ।









