Friday, May 23, 2025
spot_img

आज भएको हेलिकप्टर दुर्घटना छानविन गर्न आयोग गठन

spot_img

नुवाकोटमा आज दुर्घटनाग्रस्त एयर डाईनेस्टीको 9N- AJD हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न सरकार जाँचबुझ आयोग गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद्को आकष्मिक बैठकले आयोग गठन गरेको हो ।

आयोगको संयोजकत्वमा नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा रहेका छन् भने अन्य दुई सदस्यमा सिम्रिक एयरका मेन्टेनेन्स म्यानेजर विष्णु बस्नेत र एरोनोटिकल इन्जिनियर तनुजा पोखरेल सदस्य छन् । आयोगलाई प्रतिवेदन पेश गर्न काम सुरु गरेको मितिले ३० दिनको समय दिइएको छ।

नुवाकोटमा आज दुर्घटनाग्रस्त एयर डाईनेस्टीको 9N- AJD हेलिकप्टरमा सवार सबै जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार दुर्घटनास्थलबाट १ जना महिला र ४ जना पुरुषको शव निकालिएको छ ।

उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले चलाएका थिए भने अन्य ४ जना चिनियाँ यात्रु थिए । प्रत्यक्षदर्शीका अनुसार उक्त हेलिकप्टर रुखमा ठोक्किएर खोलामा खसेको थियो ।

काठमाण्डौ विमानस्थलबाट स्याफ्रुबेशी ( रसुवा जिल्ला) का लागि ४ जना यात्रु (चिनिया नागरिक) सहित उडान गरेको सो हेलिकप्टर उडान गरेको ३ मिनेट पछि काठमाण्डौ टावरसंग सम्पर्क विच्छेद भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सो हेलिकप्टर नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं. ७ सुर्याचौर भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

यहि  हेलिकप्टर १५ महिना अगाडी एउटा ठूलो दुर्घटनाबाट जोगिएको थियो । २०७९ चैत्र २५ गते काठमाडौंको ह्याम्स अस्पतालमा उक्त हेलिकप्टर दुर्घटनामा परेको थियो । त्यस समय अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको थियो । हेलिकप्टरको पंखा नजिकैको घरको छानामा खसेको थियो। त्यस समय  हेलिकप्टरको पुच्छरको भाग ठोक्किएर दुर्घटना भएको थियो । घटनामा कोही पनि घाइते नभए पनि हेलिकप्टरको टेल रोटर भने भाँचिएको थियो । ठूलो दुर्घटनाबाट सो हेलिकप्टर जोगिएको थियो ।

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img