Thursday, July 16, 2026
spot_img

आज भएको हेलिकप्टर दुर्घटना छानविन गर्न आयोग गठन

spot_img

नुवाकोटमा आज दुर्घटनाग्रस्त एयर डाईनेस्टीको 9N- AJD हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न सरकार जाँचबुझ आयोग गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद्को आकष्मिक बैठकले आयोग गठन गरेको हो ।

आयोगको संयोजकत्वमा नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा रहेका छन् भने अन्य दुई सदस्यमा सिम्रिक एयरका मेन्टेनेन्स म्यानेजर विष्णु बस्नेत र एरोनोटिकल इन्जिनियर तनुजा पोखरेल सदस्य छन् । आयोगलाई प्रतिवेदन पेश गर्न काम सुरु गरेको मितिले ३० दिनको समय दिइएको छ।

नुवाकोटमा आज दुर्घटनाग्रस्त एयर डाईनेस्टीको 9N- AJD हेलिकप्टरमा सवार सबै जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार दुर्घटनास्थलबाट १ जना महिला र ४ जना पुरुषको शव निकालिएको छ ।

उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले चलाएका थिए भने अन्य ४ जना चिनियाँ यात्रु थिए । प्रत्यक्षदर्शीका अनुसार उक्त हेलिकप्टर रुखमा ठोक्किएर खोलामा खसेको थियो ।

काठमाण्डौ विमानस्थलबाट स्याफ्रुबेशी ( रसुवा जिल्ला) का लागि ४ जना यात्रु (चिनिया नागरिक) सहित उडान गरेको सो हेलिकप्टर उडान गरेको ३ मिनेट पछि काठमाण्डौ टावरसंग सम्पर्क विच्छेद भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सो हेलिकप्टर नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं. ७ सुर्याचौर भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

यहि  हेलिकप्टर १५ महिना अगाडी एउटा ठूलो दुर्घटनाबाट जोगिएको थियो । २०७९ चैत्र २५ गते काठमाडौंको ह्याम्स अस्पतालमा उक्त हेलिकप्टर दुर्घटनामा परेको थियो । त्यस समय अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको थियो । हेलिकप्टरको पंखा नजिकैको घरको छानामा खसेको थियो। त्यस समय  हेलिकप्टरको पुच्छरको भाग ठोक्किएर दुर्घटना भएको थियो । घटनामा कोही पनि घाइते नभए पनि हेलिकप्टरको टेल रोटर भने भाँचिएको थियो । ठूलो दुर्घटनाबाट सो हेलिकप्टर जोगिएको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img