लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ८ जना ‘सर्टलिस्ट’मा परेका छन् । सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले ८ जनाको नाम सार्वजनिक गरेको हो ।
सर्टलिस्टमा पर्नेहरुमा सुमन मान सिंह बस्न्यात, जितेन्द्र धिताल, डा. मुकुन्द प्रसाद पौड्याल, डा. सरोज कोइराला, याङकी उक्याव, बखत बहादुर शाही, मनोज पौडेल र ई. मधु प्रसाद भेटुवाल रहेका छन् ।
अब समितिले यी ८ जना उम्मेदवारको व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण हेर्नेछ र अन्तर्वार्ता लिनेछ । प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि साउन ७ र ८ गतेको मिति तोकिएको छ ।
साउन ७ गते ४ जना र साउन ८ गते ४ जनाको व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता हुनेछ ।









