Thursday, July 23, 2026
spot_img

नेपालबाटै अर्गानिक कृषि उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

spot_img

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्गानिक कृषि व्यवसायीहरुको छाता संगठन ‘अर्गानिक एसोसियसन नेपाल’का पदाधिकारीहरुलाई छलफलका लागि बोलाएका प्रधानमन्त्रीले तत्कालै प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका हुन् ।

छलफलमा व्यवसायीहरुले अर्गानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना हुनुपर्ने माग राखेका थिए । उक्त माग तत्काल सम्बोधन गर्दै प्रधानमन्त्रीले कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

यस्तै, अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले सरकारले प्रमाणीकरणमा दिँदै आएको ७५ प्रतिशतसम्म अनुदान पनि बन्द भएकोमा त्यसलाई सुचारु गर्न व्यवसायीहरुले माग गरेका थिए । नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणीकरण एजेन्सी स्थापना नभएसम्म उक्त अनुदान प्रदान गर्ने विषयमा समेत प्रधानमन्त्री शाह सकारात्मक देखिएका छन् ।

प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अर्गनिक कृषि प्रवद्र्धनका लागि सरकारले आवश्यक कदम चाल्ने पनि बताए ।

प्रांगारिक मल उत्पादनमा सरकारले अनुदान दिनुपर्ने माग पदाधिकारीले राखेका थिए । प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने उनीहरुको मागअनुरुप व्यवस्था गर्न समेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । अर्गानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधासरह सुविधा हुनुपर्ने मागमा प्रधानमन्त्री सकारात्मक देखिएका छन् ।

साथै, अर्गानिक उत्पादन निर्यातमा सरकारले दिने गरेको अनुदान दुई वर्षयता रोकिएकोमा उक्त समस्या कानूनी रुपमै निराकरण गर्ने प्रयासमा सम्बन्धित मन्त्रालयले कार्यविधि बनाइरहेको समेत प्रधानमन्त्रीले जानकारी गराएका छन् ।

छलफलमा एसोसियसनका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरु तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष पर्शुराम आचार्य सहभागी थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अर्थमन्त्रीको निर्देशनः करदाता डराएर लुकेको सुन्न नपरोस्, खुशी पारेर कर उठाउनुस्

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर तथा राजस्व संकलन गर्ने...

सिंहदरबार क्षेत्रसहित यी स्थानमा १ घण्टा बिजुली नआउने

नेपाल विद्युत प्राधिकरणले सिंहदरबार क्षेत्रसहित विभिन्न स्थानमा १ घण्टा...

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’ सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित...

सलिकोद्वारा गत आर्थिक वर्षमा ४.९६ अर्ब दाबी भुक्तानी, ५.४२ अर्ब बीमा शुल्क संकलन

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले आर्थिक वर्ष २०८२/०८३...

चिनियाँ राष्ट्रपति चढ्ने कार ब्राण्ड नेपाल भित्रियो, यस्तो छ ६८ वर्षे इतिहास

चिनियाँ राष्ट्रपति चढ्ने कार ब्रान्ड नेपाल भित्रिएको छ ।...

विद्युत नियमन आयोगको अध्यक्षमा डा. राम प्रसाद धिताल नियुक्त

विद्युत नियमन आयोगको अध्यक्षमा डा. राम प्रसाद धिताल नियुक्त...
spot_img