Thursday, July 23, 2026
spot_img

नियमन आयोगका अध्यक्ष डा. धितालद्वारा पदभार ग्रहण, ३ प्राथमिकता सार्वजनिक

spot_img

विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. राम प्रसाद धितालले आफ्नो ३ वटा प्राथमिकता रहेको बताएका छन् । आज नियमन आयोगमा पदभार कार्यक्रममा उनले कर्मचारीलाई निर्देशन र मार्गदर्शन गर्दै उनले आयोगलाई थप विश्वसनीय बनाउन ३ वटा प्राथमिकता तय गरेको बताएका हुन् ।

उनले आफ्नो पहिलो प्राथमिकता आयोगलाई थप संस्थागत गर्ने रहेको बताए । डा. धितालले यस अघिको कार्यकालमा आयोगलाई संथागत बनाउन काम थालेका थिए। उनकै पालामा आयोगले पहिलो पटक आफ्नै स्थायी कर्मचारी नियुक्त गरेर काम थालेको थियो। आयोगको आफ्नै प्रशासनिक विनियमावली, आफ्नै आर्थिक विनियमावली,आफ्नै खरिद विनियमावली, आफ्नै निर्णय प्रक्रियाको मोडल निर्माणको काम उनी अध्यक्ष हुँदा नै भएका थिए। आयोगलाई संस्थागत बनाउनको लागि अधुरा रहेका काम अब अघि बढ्ने  उनले बताए ।

त्यस्तै उनले दोस्रो प्राथमिकतामा आयोगले निर्माण गरिसकेका विभिन्न नियामकीय व्यवस्थाको कार्यान्वयन रहेको बताए। ओपन एक्सेस लगायतका व्यवस्थाहरु कार्यान्वयनमा लैजाने उनले बताए ।

त्यस्तै उनले सरकारले विभिन्न प्रकारका रिफर्म गर्न खोजेको र सोहि अनुसार आयोगले ‘रेगुलेटोरी रिफर्म’ मा अघि बढ्ने बताए। अघिल्लो कार्यकालमा नियुक्ति हुँदाको भन्दा अहिलेको म्याण्डेट केही फरक रहेकोले सोहि अनुसार कार्य गर्ने उनको भनाई थियो। उनले केही दिन भित्रै नतिजा देखिने गरि कामहरु गर्ने प्रतिवद्दता पनि जनाएका छन् । नेपाल धितोपत्र बोर्डसँग समन्वय गरेर अगाडि बढ्ने पनि उनले बताएका छन् ।

आज नै आयोगका नव नियुक्त सदस्यहरु लोकराज पाठक, जयराम भण्डारी र बलराम सिलवालले पनि पदभार ग्रहण गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लेखामान बोर्ड र राष्ट्र बैंकबीच छलफल, बैंकहरुले पाउँलान् Carve out को सुविधा ?

नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताल र नेपाल...

नेपालमा भारु २०० र ५०० का नोट पनि चल्ने

नेपालमा अब भारु २०० र ५०० दरका नोट पनि...

एक वर्षमा १० हजार ८ सय युनिट ईभी आयात

गत आर्थिक वर्ष २०८२/०८३ मा १० हजार ८ सय...

विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण

विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेका छन्।...

एक वर्षको बैदेशिक ब्यापारः २१ खर्बको आयात हुँदा ३ खर्बको निर्यात

गत आर्थिक वर्ष २०८२/०८३ मा (गत साउनदेखि असारसम्म) मा...

अर्थमन्त्रीको निर्देशनः करदाता डराएर लुकेको सुन्न नपरोस्, खुशी पारेर कर उठाउनुस्

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर तथा राजस्व संकलन गर्ने...
spot_img