विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेका छन्। आज आयोगका नव नियुक्त अध्यक्ष डा. राम प्रसाद धिताल, तथा सदस्यहरु लोकराज पाठक, जयराम भण्डारी र बलराम सिलवालले आज पदभार ग्रहण गरेका हुन् ।
नव नियुक्त अध्यक्ष तथा सदस्यहरुलाई आयोगका सचिव हरि खत्री लगायतका कर्मचारीले स्वागत गरेका थिए ।
डा. धिताल यस अघि पनि आयोगको अध्यक्ष थिए। सरकारले ल्याएको अध्यादेशको कारण उनी पदमुक्त भएका थिए । अब फेरी उनी अध्यक्षमै फर्किएका हुन् । अन्य सदस्य भने नयाँ हुन् ।
डा. धिताल यस अघि अध्यक्ष हुँदा आयोगलाई संथागत बनाउन काम गरेका थिए। उनकै पालामा आयोगले पहिलो पटक आफ्नै स्थायी कर्मचारी नियुक्त गरेर काम थालेको थियो। आयोगको आफ्नै प्रशासनिक विनियमावली, आफ्नै आर्थिक विनियमावली,आफ्नै खरिद विनियमावली, आफ्नै निर्णय प्रक्रियाको मोडल निर्माणको काम उनी अध्यक्ष हुँदा नै भएका थिए। उनीसँग नेपालो र विदेशमा गरि जलविद्युत, सोलार ऊर्जा, ग्रामिण विद्युतीकरण, नवीकरणीय उर्जामा झन्डै ३० वर्षको अनुभव रहेको छ। उनले एशियाली विकास बैंकको लागि पनि विज्ञ सदस्यको रुपमा काम गरिसकेका छन् ।
उनले जर्मनीबाट नवीकरणीय उर्जामा मास्टर्स गरेका हुन् भने त्रिभुवन विश्वविद्यालयबाट नवीकरणीय उर्जामै पीएचडी गरेका छन् ।









