Thursday, July 23, 2026
spot_img

विद्युत नियमन आयोगको अध्यक्षमा डा. राम प्रसाद धिताल नियुक्त

spot_img

विद्युत नियमन आयोगको अध्यक्षमा डा. राम प्रसाद धिताल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को हिजो बुधबार बसेको बैठकले डा. धिताललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनको सपथ र पदभार कार्यक्रम आज नै हुने बताईएको छ। डा. धिताल यस अघि पनि आयोगको अध्यक्ष थिए। सरकारले ल्याएको अध्यादेशको कारण उनी पदमुक्त भएका थिए । अब फेरी उनी अध्यक्षमै फर्किएका हुन् ।

यस अघि उनी अध्यक्ष हुँदा आयोगलाई संथागत बनाउन काम गरेका थिए। उनकै पालामा आयोगले पहिलो पटक आफ्नै स्थायी कर्मचारी नियुक्त गरेर काम थालेको थियो। आयोगको आफ्नै प्रशासनिक विनियमावली, आफ्नै आर्थिक विनियमावली,आफ्नै खरिद विनियमावली, आफ्नै निर्णय प्रक्रियाको मोडल निर्माणको काम उनी अध्यक्ष हुँदा नै भएका थिए।  उनीसँग नेपालो र विदेशमा गरि जलविद्युत, सोलार ऊर्जा, ग्रामिण विद्युतीकरण, नवीकरणीय उर्जामा झन्डै ३० वर्षको अनुभव रहेको छ। उनले एशियाली विकास बैंकको लागि पनि विज्ञ सदस्यको रुपमा काम गरिसकेका छन् ।

उनले जर्मनीबाट नवीकरणीय उर्जामा मास्टर्स गरेका हुन् भने त्रिभुवन विश्वविद्यालयबाट नवीकरणीय उर्जामै पीएचडी गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

चिनियाँ राष्ट्रपति चढ्ने कार ब्राण्ड नेपाल भित्रियो, यस्तो छ ६८ वर्षे इतिहास

चिनियाँ राष्ट्रपति चढ्ने कार ब्रान्ड नेपाल भित्रिएको छ ।...

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना...

शेयरबजारको पुँजीगत लाभकरमा गिरावट, गत वर्ष १०.३५ अर्ब मात्रै संकलन

आर्थिक वर्ष २०८२/८३ मा पुँजीबजारबाट संकलन हुने पुँजीगत लाभकर...

नेपालमा MAXUS TERRON 9 सार्वजनिक, पहिलो ५० जनालाई ८८ लाख मै उपलब्ध

नेपालका लागि MAXUS सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय...

एम्बुलेन्स दर्ता मै सकस: नेपालले परिस्थिति बुझेर कानुन बनाउँछ कि अनावश्यक सिको गरेर ?

दीपक थपलिया  यो लेख लेख्नुपर्ने प्रेरणा एउटा घटनाले दियो । हालै...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज बिहिबार पनि सुनचाँदीको भाउ बढेको छ । बुधबार...
spot_img