सरकारले आगामी जेठ १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै जेठ १४ गते सार्वजनिक विदा दिने निर्णय भएको बताएको हो।
मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद ( ईद-उल-अज्हा) का अवसरमा २०८३ जेठ १४ गते सार्वजनिक बिदा हुने जनाएको हो। यस संगै लगातार ४ दिन सार्वजनिक विदा हुने भएको छ।
जेठ १४ गते बकर ईदको, जेठ १५ गते गणतन्त्र दिवसको, जेठ १६ गते शनिवारको र जेठ १७ गते आइतबारको सार्वजनिक विदा गरि लगातार ४ दिन विदा हुने भएको हो ।












