यी हुन् धेरै कर तिरेर सम्मान हुने १९ व्यक्ति तथा कम्पनी

spot_img
spot_img

सरकारले आर्थिक वर्ष २०८१/८२ मा धेरै कर तिर्ने कम्पनी तथा व्यक्तिगत कर दातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आज राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनीलाई सम्मान गरेको हो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्मानित हुनेलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

बढी आयकर दाखिल गरेर सम्मानित हुनेमा सूर्य नेपाल प्रालि रहेको छ । त्यसैगरी एकलौटी फर्महरूमध्ये थर्ड आई रहेको छ । वस्तु निर्यातको कारोबारतर्फ डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवातर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिस प्रालि सम्मानित भएको छ । त्यसैगरी कृषि एवं पशुपक्षीजन्यमा ओसिबी एण्ड फुड्स फिड्स प्रालि रहेका छन् ।

यस्तै बैङ्किङ्ग क्षेत्रमा कारोबार गर्नेमा नबिल बैंक, स्वास्थ्य तथा शैक्षिकतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल, वस्तु व्यापारको कारोबारमा सिजी इम्पेक्स प्रालि रहेको छ । यस्तै ५० करोडभन्दा बढी १०० करोडसम्म कारोबार गर्नेमा फुड एण्ड विभरेज टेक्नोलोजी रहेको छ । ऊर्जा उधोगतर्फ भोटकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनी ट्रान्सफर तर्फ आईएमई लिमिटेड रहेको छ । यस्तै व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्नेमा राजबहादुर शाह रहेका छन्।

विसं २०७७ देखि २०८३ सम्म बढी मूल्य अभिवृद्धि कर तिर्नेमा हिमालयन डिष्टिलरी लिमिटेड रहेको छ । रु ५० करोडसम्म वार्षिक कारोबार गर्ने करदातामा इम्पेरियल सेक्युरिटिज, विशेष उद्योगहरूमध्ये वरुण विभरेज, जीवन बीमा क्षेत्रमा संस्थामा लाइफ इन्स्योरेन्स कर्पोरेशन, निर्जीवनमा सिद्धार्थ प्रिमियर र लघुवित्त क्षेत्रमा छिमेक लघुवित्त रहेको छ । सोही अवसरमा मुलुकको राजस्वमा उच्च योगदान दिने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई विशेष सम्मान गरिएको छ ।

यी हुन् सम्मानित हुनेहरु : 

सूर्य नेपाल प्रालि (निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने)
राजबहादुर शाह (व्यक्तिगत आयतर्फ)
बैंक, बीमा तथा वित्तीय क्षेत्रतर्फ
नबिल बैंक लिमिटेड (बैंकिङ क्षेत्रतर्फ)
लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड (जीवन बीमा क्षेत्रतर्फ)
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड (निर्जीवन बीमा क्षेत्रतर्फ)
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (लघुवित्त क्षेत्रतर्फ)
आईएमई लिमिटेड (रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ)
इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (५० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्ये)
उद्योग, व्यापार तथा सेवा क्षेत्रतर्फ
वरुण बेभरेज नेपाल प्रालि (विशेष उद्योगतर्फ)
हिमालयन डिष्टिलरी लिमिटेड (मूल्य अभिवृद्धि करतर्फ)
डाबर नेपाल प्रालि (वस्तु निर्याततर्फ)
सीजी इम्पेक्स प्रालि (वस्तु व्यापारतर्फ)
इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल (सूचना प्रविधि सेवा निर्याततर्फ)
भोटेकोशी पावर कम्पनी प्रालि (ऊर्जामूलक उद्योगतर्फ)
सोल्टी होटल लिमिटेड (पर्यटन व्यवसायतर्फ)
नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड (स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ)
ओसीबी फुड्स एन्ड फिड्स प्रालि (कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ)
फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि (५० करोडदेखि १०० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्ये)
थर्ड आई इन्टरनेशनल (एकलौटी फर्ममध्ये)
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको पर्यटन समितिको संयोजकमा...

मङ्सिर ५ र ६ मा नास-आईटी एक्स्पो हुँदै, स्वदेशी प्रविधि र स्टार्टअपलाई प्राथमिकता

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी)...

एभरेष्ट कलरको ३९ हजार कित्ता बढी शेयरको लकइन अवधि पुसमा सकिँदै

एभरेष्ट कलर लिमिटेडको सामूहिक लगानी कोषहरूको लागि छुट्टाईएको साधारण...

सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल नवौँ पटक सम्मानित

नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट...

दूरसञ्चार पूर्वाधारमा ४५ करोडको क्षति, तीन दिनमै ९० प्रतिशत सेवा पुनर्स्थापना

बाढीले टावर र फाइबर नेटवर्क बगाएपछि हेलिकप्टरबाट जेनेरेटर र...

हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट निर्यातको अनुमति

नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट...