Sunday, May 17, 2026
spot_img

प्रतिबद्धताको १४ प्रतिशत मात्रै भित्रियो वैदेशिक लगानी

spot_img
spot_img

नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै न्यून रहेको छ । महालेखापरीक्षकको कार्यालयको ३३औँ वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक हजार नौ विदेशी लगानीकर्ताबाट रु ७९ अर्ब ६९ करोड बराबरको लगानी प्रस्ताव स्वीकृत भएको थियो ।

त्यसमा जम्मा ९७ लगानीकर्ताबाट मात्रै रु ११ अर्ब ३० करोड मात्र भित्रिएको छ । यो स्वीकृत लगानीको १४ प्रतिशत हो ।

सार्वजनिक प्रतिवेदनअनुसार पछिल्लो समय वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिको अनुपात क्रमशः घट्दो देखिएको छ । आव २०७९/८० मा स्वीकृत रु ३२ अर्ब ४८ करोडको प्रस्तावमध्ये रु नौ अर्ब २० करोड प्राप्त भएको छ । जुन समग्रमा २८ प्रतिशत हो ।

त्यस्तै आव २०८०/८१ मा स्वीकृत भएको लगानीको जम्मा १३ प्रतिशत मात्रै प्राप्त भएको देखिन्छ । सो आवमा रु ८१ अर्ब ६९ करोडको लगानी स्वीकृत भएकामा रु १० अर्ब २९ करोड मात्रै प्राप्त भएको थियो । यो तथ्याङ्कले वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिबीचको विवरण फराकिलो हुँदै गएको देखाउँछ ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले नीतिगत स्थायित्व कायम गर्न, प्रशासनिक प्रक्रिया सरल बनाउन र लगानीमैत्री वातावरण निर्माण गरी प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विश्वभर बढ्न थाल्यो सोलार प्यानलको मूल्य, नेपालका आयोजनाको लागत पनि बढ्ने

विश्वव्यापी रूपमा सोलर प्यानलको मूल्य बढ्न थालेको छ। विशेष...

पोखरा पुग्यो बजाजको चेतक ईभी

बजाज चेतक ईभी पोखरा पुगेको छ । कम्पनीले पोखराको...

‘८ महिनालाई पुग्ने चिनी स्टक छ, अभाव हुँदैन’

भारत सरकारले चिनीको निकासीमा प्रतिबन्ध लगाएपनि नेपालमा चिनीको अभाव...

‘मध्यम वर्गको विस्तार हाम्रो लक्ष्य हो, निजी क्षेत्रलाई बत्तिएर अघि बढ्न दिन्छौँ’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले मध्यम वर्गको विस्तार गर्ने...

प्रधानमन्त्री–अर्थमन्त्री भेटः ‘गरिब देश’बाट स्तरोन्नित हुने समय ३ वर्ष थप गरिने

नेपालले अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील राष्ट्रको...

तोलामा ४५ सयले घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला...
spot_img