Sunday, May 17, 2026
spot_img

भारत प्रवेश गर्यो मनसुन, नेपाल कहिले आईपुग्छ ?

spot_img
spot_img

दक्षिण-पश्चिम मनसुन भारत प्रवेश गरेको छ ।  भारतीय मौसम विभागले आज शनिबार मनसुन निकोबार द्वीप समूह, अण्डमान सागरका धेरै भाग, बंगालको खाडीको दक्षिण-पश्चिम तथा दक्षिण-पूर्वी क्षेत्र र दक्षिण-पूर्वी अरब सागरका केही भागमा प्रवेश गरेको घोषणा गरेको हो।

विभागका अनुसार आज मनसुनले सम्पूर्ण निकोबार द्वीप समूह, श्री विजयपुरम (पोर्ट ब्लेयर) सहित अण्डमान द्वीपका केही भाग र अण्डमान सागरका धेरै क्षेत्रमा पुगिसकेको छ। भारतमा सामान्य मिति (मे २२) भन्दा कम्तीमा ६ दिन अगाडि नै मनसुन भित्रिएको हो।

आगामी केही दिनमा मनसुन थप क्षेत्रमा फैलिने अनुकूल अवस्था रहेको विभागले जनाएको छ। विभागको पूर्वानुमानअनुसार केरलामा मनसुन मे २६, २०२६ (जेठ १२ गते) तिर आउने सम्भावना छ। यो सामान्य मिति (१ जुन) भन्दा करिब ५-६ दिन अगाडि हो।

भारतको दक्षिणी भागमा मनसुन छिटो प्रवेश गरेकाले नेपालमा पनि यस वर्ष मनसुन सामान्य समय (१३ जुन) भन्दा केही दिन अगाडि नै पूर्वी नेपालबाट प्रवेश गर्न सक्ने अनुमान छ। नेपालको जल तथा मौसम विज्ञान विभागले छिटै औपचारिक मिति घोषणा गर्ने छ।

यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक, एउटा मात्र व्यवस्था परिवर्तन

नेपाल राष्ट्र बैंकले हिजो शुक्रबार आर्थिक वर्ष २०८२÷८३ को...

माउण्टेन ड्यू पिउँदा उपभोक्तालाई वान्ता भएपछि बिकी वितरणमा रोक

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले माउण्टेन ड्यूको बिकी...

नबिलको एप ‘एनबैंक’मा लगानी सम्बन्धि सेवा विस्तार

नबिल बैंकले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धि सेवा...

राजश्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्री समक्ष पेश

राजस्व परामर्श समितिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रतिवेदन पेश...

नेपाल एयरलाइन्सको सञ्चालक सदस्यमा ५ जना नियुक्त

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा ५ जना सदस्य...

यसवर्षको मनसुननमा ५२ हजार परिवारका २ लाख २६ हजार जनता प्रभावित हुने

यसपालिको मनसुनमा २ लाख २६ हजारभन्दा बढी नागरिक प्रभावित...
spot_img