Monday, September 7, 2026
spot_img

पोखरा पुग्यो बजाजको चेतक ईभी

spot_img

बजाज चेतक ईभी पोखरा पुगेको छ । कम्पनीले पोखराको नयाँबजारमा चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको हो ।

यो नयाँ शोरुम राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको अनुभव पु¥याउने दिशामा अर्को महत्वपूर्ण कदमका रूपमा अघि बढेको कम्पनीले जनाएको छ ।

शोरुम उद्घाटन समारोहमा गोल्छा ग्रुपका प्रातिनिधिहरु तथा नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.का व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो ।

आधुनिक ईभी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई मध्यनजर गर्दै निर्माण गरिएको पोखरा एक्सपेरियन्स जोनमा प्रविधि, सहजता तथा ग्राहक–केन्द्रित सेवाहरूलाई समेटिएको छ । उक्त केन्द्रमा सवारी प्रदश न, टेस्ट राईड, खरिद परामर्शदेखि चेतक ईभीका लागि विशेष सेवा सुविधा समेत एउटै स्थानमा उपलब्ध गराइएको छ ।

शोरुममा आउने ग्राहकहरूले डिजटल प्रोडक्ट डिस्प्लेमार्फत सवारीका विशेषताबारे जानकारी लिन सक्नेछन् भने प्रशिक्षित ईभी विज्ञहरूमार्फत विद्युतीय सवारी, चर्जिङ समाधान तथा स्मार्टफिचर सम्बन्धी परामर्श पनि प्राप्त गन सक्नेछन् ।

चेतकको आकर्षक र परिष्कृत पहिचानलाई प्रतिाबिम्बत गर्ने गरी निर्माण गरिएको यस शोरुममा आधुनिक इन्टेरियर तथा इन्टरिएक्टभ टचपोइन्टहरू समावेश गरिएको छ, जसले ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

उद्घाटन समारोहमा बोल्दै चेतक पोखराका सञ्चालक अगोष मान बुद्धाचार्यले भने “पोखरामा चेतक एक्सपेरियन्स जोनको सञ्चालनसँगै हामी नेपालमा प्रिमियम विद्युतीय सवारीको पहुँच अझ विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदम चालिरहेका छौं । चेतक ईभी परम्परा, नवप्रवर्तन र दैनिक प्रयोगको सहजताको उत्कृष्ट संयोजन हो । यो नयाँ केन्द्रमार्फत ग्राहकहरूले त्यस अनुभवलाई अझ निजकबाट महशुस गर्न सक्ने विश्वास लिएका छौं ।”

बजाज चेतक स्कुटर नेपाली बजारमा लोकप्रीय बनिरहेको इलेक्ट्रिक स्कुटरहरूमध्ये एक हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पूँजीबजार विकास र सुधारका उपाय पेश गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता, सबैभन्दा धेरै भारतका

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी...

बाढी प्रभावितका लागि राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा १ करोड ३८ लाख सहयोग

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार,...

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...