Monday, August 24, 2026
spot_img
spot_img

फेरि देखियो ईबोला भाईरस: ८० जनाको मृत्यु, विश्व स्वास्थ्य संकटकाल घोषणा

spot_img

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) को पूर्वी इटुरी प्रान्तमा नयाँ ईबोला प्रकोप देखा परेको छ। यो प्रकोपले दशकौंयता देखिएको सबैभन्दा ठूलो प्रारम्भिक प्रभावमध्ये एक देखिएको छ।

अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार हालसम्म २४६ शंकास्पद केस देखिएको छ भने १३ ल्याब कन्फर्म केस भेटिएको छ। समुदायमा शंकास्पद मृत्यु सहित मृतकको संख्या ८० पुगेको छ । युगान्डामा एक जना कङ्गोली पुरुषको मृत्यु भएको छ, जुन आयातित केस मानिएको छ।

प्रकोप मुख्य रूपमा मोङ्गवालु, र्वाम्पारा र बुनिया स्वास्थ्य क्षेत्रमा केन्द्रित छ, जुन युगान्डा र दक्षिण सुडान सीमासँग जोडिएको क्षेत्र हो। यो क्षेत्र सुनखानी र द्वन्द्व प्रभावित छ, जसले नियन्त्रणलाई चुनौतीपूर्ण बनाएको छ।

यो १९७६ यता डीआरसीको १७औं ईबोला प्रकोप हो ।  अहिले देखिएको इबोला बुन्डिबुग्यो स्ट्रेन (Zaire होइन), जसका लागि अहिलेसम्म कुनै खोप वा विशेष उपचार उपलब्ध छैन।

अफ्रीकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सीमावर्ती देशहरूसँग सतर्कता अपनाउन आग्रह गरेको छ। विश्व स्वास्थ्य संगठनले डीआरसी सरकारसँग मिलेर प्रतिकार्य टोली पठाएको छ। संगठनले प्रमुख टेड्रोसले कङ्गोको विगतको अनुभव राम्रो भएको बताउँदै $५ लाख आपत्कालीन कोष निकालेको जानकारी दिएका छन्।

विश्व स्वास्थ्य संगठन (WHO) ले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) र युगान्डामा फैलिएको ईबोला प्रकोपलाई Public Health Emergency of International Concern (PHEIC) अर्थात् विश्व स्वास्थ्य संकटकाल घोषणा पनि गरेको छ। तर यसलाई महामारी (Pandemic) स्तरको भने घोषणा गरेको छैन।

संगठनले सीमावर्ती देशहरूमा बढी सतर्कता, सम्पर्क ट्रेसिङ, सुरक्षित शव व्यवस्थापन र स्वास्थ्यकर्मी सुरक्षा जोड दिएको छ। सीमा बन्द गर्न भने सिफारिस गरेको छैन।

ईबोला शरीरको तरल पदार्थ (रगत, थुक, वान्ता, पिसाब, शव आदि) बाट फैलिन्छ। यो हावा, पानी वा सामान्य सम्पर्कबाट हुँदैन। संक्रमित व्यक्तिसँग नजिकको सम्पर्क, असुरक्षित शव व्यवस्थापन र स्वास्थ्यकर्मीहरूमा संक्रमणको जोखिम उच्च हुन्छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

आक्रामक मूल्यमा नेपाल प्रवेश गर्‍यो ‘दीपल नेभो क्यूओ५’

चिनियाँ अटोमोबाइल ब्रान्ड चांगानको उत्पादन ‘दीपल नेभो क्यूो५’ नेपालमा...

आज पनि महँगियो सुन, कति पुग्यो भाउ ?

आज सोमबार पनि पनि सुनको भाउ बढेको छ ।...

सानिमा ग्रोथ फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा

सानिमा क्यापिटलले संचालन गरेको सानिमा ग्रोथ फण्ड र लक्ष्मी...

प्रभु क्यापिटलको दुई वटा म्युचुअल फण्डले १२ प्रतिशत लाभांश दिने

प्रभु क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)...

जब एशियाका ४ देशमा एकसाथ ‘ब्ल्याकआउट’ भयो

अगस्ट १४, २०२६ को दिउँसो मध्य एसियाका चार देश—काजाकिस्तान,...
spot_img