हिरामण्डीमा मनिषासँगै देखिएकी सन्जिदा शेख नेपाल आउँदै

spot_img

हिरामण्डीको बलिवुड अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन् । साउन २६ मा गैह्रीधाराको एलिसमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ लन्च गर्न सहभागी हुने भएकी छन् ।

ट्रुडर्मा ब्राण्डका निर्देशक शुसान्त मुरारकाले ट्रु स्किन ब्राण्डको उत्पादनहरू उद्घाटन गर्न सन्जिदा शेख नेपाल आउन लागेको जानकारी दिए । शेख आफैँले प्रोडक्टको अनावरण गर्नेछिन् । उनले आफ्नो व्यक्तिगत स्किनकेयरको दैनिक रुटिन र ट्रु स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ ।

नेपाली ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको उनले बताए । उनका अनुसार कलाकार शेख नयाँ स्किनकेयर प्रोडक्ट ‘ट्रु स्किन’को लन्चमा सहभागी हुने छिन् । ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो । जुन त्वचाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उनले उल्लेख गरे । प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको मुरारकाले जानकारी दिए । त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने उनको भनाइ छ ।

ट्रु डर्माले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पकड राख्‍न यो प्रोडक्ट लन्चलाई ठूलो महत्व दिएको मुरारकाले बताए । ‘यो नयाँ उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै स्वस्थ र सुन्दर त्वचाको चाहनालाई पुरा गर्ने विश्वास छ,’ उनले भने ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...