Wednesday, July 29, 2026
spot_img

हिरामण्डीमा मनिषासँगै देखिएकी सन्जिदा शेख नेपाल आउँदै

spot_img

हिरामण्डीको बलिवुड अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन् । साउन २६ मा गैह्रीधाराको एलिसमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ लन्च गर्न सहभागी हुने भएकी छन् ।

ट्रुडर्मा ब्राण्डका निर्देशक शुसान्त मुरारकाले ट्रु स्किन ब्राण्डको उत्पादनहरू उद्घाटन गर्न सन्जिदा शेख नेपाल आउन लागेको जानकारी दिए । शेख आफैँले प्रोडक्टको अनावरण गर्नेछिन् । उनले आफ्नो व्यक्तिगत स्किनकेयरको दैनिक रुटिन र ट्रु स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ ।

नेपाली ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको उनले बताए । उनका अनुसार कलाकार शेख नयाँ स्किनकेयर प्रोडक्ट ‘ट्रु स्किन’को लन्चमा सहभागी हुने छिन् । ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो । जुन त्वचाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उनले उल्लेख गरे । प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको मुरारकाले जानकारी दिए । त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने उनको भनाइ छ ।

ट्रु डर्माले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पकड राख्न यो प्रोडक्ट लन्चलाई ठूलो महत्व दिएको मुरारकाले बताए । ‘यो नयाँ उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै स्वस्थ र सुन्दर त्वचाको चाहनालाई पुरा गर्ने विश्वास छ,’ उनले भने ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

एनआरएनलाई पुँजीबजारमा भित्र्याउनेबारे छलफल

नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरू बीच...

धितोपत्र बोर्डले विवादित डबल आईजीन स्वीकृत नगर्ने, एकल आईजीनले नै निरन्तरता पाउँदै

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले ‘डबल...

ठूलो ब्याट्री र थपिएका फिचर्ससहित नेपाली बजारमा देखियो टाटा पन्च

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ...

एकसाथ ९ वटा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

सरकारले एकसाथ ९ वटा विधेयक संघीय संसदमा पेश गर्ने...

बालेन सरकारको यातायात नीतिः ईभी बस किन्नेलाई ऋण, प्राईभेट सेक्टरले पनि हाई–वे बनाउन पाउने

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले ‘राष्ट्रिय यातायात नीति...

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकलाई जय नेपाल हलमा १२ प्रतिशत छुट

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकले जय नेपाल सिनेमा हलमा फिल्मको टिकट...
spot_img