आजदेखि देशभर आर्थिक गणना, दर्ता नभएकाहरुको विवरण पनि गणना हुने

spot_img
spot_img

आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् । अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ ।

गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने छ । त्यसक्रममा देशभर दर्ता भए÷नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिने छ ।

आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेका छन् । चैतको सुरुआतमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन् । ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ । यसअघि विसं २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत प्राधिकरणले भारततर्फ ११९८ मेगावाट विद्युत निर्यात गर्न पायो अनुमति

नेपाल विद्युत प्राधिकरणले द्धिपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत निर्यातका...

२० वटा इन्टरनेट सेवा प्रदायकले नवीकरण गरेनन् लाईसेन्स, ९ वटाले बक्यौता तिर्न बाँकी

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो...

१० करोड लगानीमा बागलुङमा खुल्यो ‘होटल आँगन’

धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको...

आशुतोष इनर्जीले मङ्सिर १४ गतेदेखि आईपीओ निष्काशन गर्ने

आशुतोष इनर्जी लिमिटेडले मङ्सिर १४ गतेदेखि पहिलो चरणको आईपीओ...

अहिलेनै छ हाइड्रोको आईपीओमा ५० प्रतिशत प्रगतिको व्यवस्था, तर किन भइरहेको छ विरोध?

सरकारले कम्तिमा ५० प्रतिशत भौतिक प्रगति हासिल गरेका जलविद्युत्...

एक महिनामा साढे ३२ हजारले घट्यो सुनको भाउ, अझै घट्ने सम्भावना कति ?

आज मंसिर ३ गते नेपाली बजारमा छापावाल सुनको भाउ...