पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीचको युद्धविरामपछि शनिवार इस्लामावादमा उच्चस्तरीय शान्ति वार्ता सुरु हुँदैछ । दुई हप्ते युद्धविराम सम्झौता भएपछि स्थायी शान्ति सम्झौता खोज्ने उद्देश्यले यो ऐतिहासिक बैठक हुन लागेको हो। पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले दुवै पक्षलाई निमन्त्रणा दिएका थिए ।
वार्तामा अमेरिकी टोलीको टोलीको नेतृत्वको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले नेतृत्व गर्नेछन् । उनीसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुशनर पनि सहभागी छन् । ट्रम्पका ज्वाइँ जारेड कुशनर युद्धअघि नै इरानी पक्ष र मध्यस्थसँग गोप्य कुराकानीमा संलग्न थिए । उनी विशेष दूतको रूपमा वार्ता प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण भूमिकामा छन् । यो टोलीले इरानी पक्षसँग प्रत्यक्ष छलफल गर्नेछ ।
इरानी टोलीको नेतृत्व संसद् सभामुख मोहम्मद बगेर घालिबाफ र विदेशमन्त्री अब्बास अराग्चीले नेतृत्व गर्नेछन् ।
पाकिस्तान प्रधानमन्त्री शाहबाज शरीफ र सेना प्रमुखको सक्रिय मध्यस्थतामा वार्ता हुनेछ।
वार्ताको मुख्य विषयहरू :
इरानको आणविक कार्यक्रम र युरेनियम समृद्धिकरण
स्ट्रेट अफ होर्मुजको सुरक्षा र खुला यातायात
क्षेत्रीय सहयोगी समूह (प्रोक्सी) लाई सहयोग रोक्ने
मिसाइल कार्यक्रम नियन्त्रण
प्रतिबन्ध हटाउने र आर्थिक राहत
मध्यपूर्वबाट अमेरिकी सेना फिर्ता
इरानको १० बुँदे प्रस्ताव (वार्ताको आधार) :
सबै प्रकारका (प्राइमरी र सेकेन्डरी) प्रतिबन्ध हटाउने
होर्मुज स्ट्रेटमा इरानको नियन्त्रण कायम राख्ने
अमेरिकाबाट गैर-आक्रमणको ग्यारेन्टी
मध्यपूर्वबाट अमेरिकी सेना पूर्ण फिर्ता
इरान र उसका सहयोगीमाथि आक्रमण रोक्ने
युद्ध क्षतिपूर्ति र फ्रोजन सम्पत्ति फिर्ता
इरानको युरेनियम समृद्धिकरणको अधिकार कायम
संयुक्त राष्ट्रका सबै प्रस्ताव खारेज
स्थायी सम्झौतालाई संयुक्त राष्ट्रबाट बाध्यकारी बनाउने ।
अमेरिकाको १५ बुँदे प्रस्ताव
इरानले आणविक हतियार नबनाउने, अत्यधिक समृद्ध युरेनियम स्टक हटाउने र समृद्धिकरण रोक्ने
मिसाइल कार्यक्रम कटौती
क्षेत्रीय सहयोगी समूहलाई आर्थिक सहयोग रोक्ने
होर्मुज स्ट्रेट पूर्ण रूपमा खुला र सुरक्षित राख्ने
प्रतिबन्ध राहत सर्तसहित ।
ट्रम्पले इरानको १० बुँदेलाई “आधार” मानेका छन् तर अमेरिकी मागहरू पनि जोड दिएका छन् । दुवै पक्षबीच ठूलो अन्तर छ । यो पहिलो चरणको वार्ता हो । वार्ता शनिवार सुरु भएर केही दिनसम्म चल्ने अनुमान छ । दुई हप्ते युद्धविरामलाई स्थायी सम्झौतामा बदल्ने लक्ष्य छ । ठोस नतिजा आउन समय लाग्न सक्छ ।
यो वार्ता ६ हप्ताको युद्ध (जसमा इजरायल पनि संलग्न) पछिको पहिलो प्रत्यक्ष बैठक हो । हजारौंको ज्यान गएको थियो, तेल ढुवानी प्रभावित भएको थियो ।
पाकिस्तानले कूटनीतिक रूपमा ठूलो सफलता हासिल गरेको छ । उसले दुवै पक्षलाई एक ठाउँमा ल्याएको छ ।
युद्धविराम अझै कमजोर छ । इजरायली आक्रमण र होर्मुज बन्दको विवादले चुनौती थपेको छ । सफल भए मध्यपूर्वको शान्ति र विश्व तेल बजार स्थिर हुन सक्छ । असफल भए फेरि तनाव बढ्ने सम्भावना छ ।













