फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बिया र पोर्चुगलले बराबरी खेलेका छन् । यो बराबरीसँगै कोलम्बिया समूह विजेता बनेको छ ।
मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा दुइ टोलीले गोलरहित बराबरी खेलेका हुन् ।
कोलम्बियाले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेपनि अफसाइडका कारण गोलको मान्यता पाएको थिएन ।
कोलम्बियाले ३ खेलबाट ७ अंक जोड्यो । पोर्चुगलले ५ अंक जोडेर उपविजेता बन्दा कंगो ४ अंक बनाएर तेस्रो स्थानमा रह्यो । यो समूहबाट उज्वेकिस्तान अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिँदा कोलम्बिया, पोर्चुगल र कंगो नकआउट चरणमा प्रवेश गरेका छन् ।
नकआउट चरणमा कोलम्बियाले घानासँग खेल्नेछ । पोर्चुगलले क्रोएसियाको सामना गर्नेछ । कंगोको भने प्रतिष्पर्धी टुंगिन बाँकी छ ।












