Saturday, June 27, 2026
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

spot_img
spot_img

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल स्थापनाको ५० वर्ष भएको छ । आफ्नो स्वर्ण उत्सव मनाउने क्रममा नाडाले शनिबार ‘वाकाथन’ कार्यक्रम पनि आयोजना गरेको छ ।

दशरथ रङ्गाशालादेखि दरबारमार्गसम्म नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीसहित पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, अटोमोबाइल्स कम्पनीका प्रतिनिधिहरु समेतको सहभागीतामा वाकाथन कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नाडा स्वर्ण उत्सव समारोह उद्घाटन गरिएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा उद्घाटन समारोहको आयोजना गरिएको हो ।

२०३२ सालमा स्वर्गिय तोलाराम दुगडले काठमाडौं जिल्लामा स्थापना गरेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल आफ्नोे ५०औं वर्षमा आईपुगेको हो । यस अवसरमा नाडाले आफ्ना पूर्व अध्यक्षहरुलाई विशेष सम्मान समेत गरेको छ । यो स्वर्ण उत्सव समारोह अन्तर्गत असार १३ गतेदेखि १९ गतेसम्म सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु सहित राजधानी र ७ वटै प्रदेशहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरिने नाडाले जनाएको छ ।

यो ५० बर्षको अवधिमा नाडाले २३ वटा अधिवेशनहरु सम्पन्न गरिसकेको छ भने अहिलेसम्म २१ जना अध्यक्षहरुले नाडाको सफल नेतृत्व समेत गरिसकेका छन् । त्यसैगरी यस अवधिमा नाडाको वार्षिक प्रकाशनको रुपमा ३६औं संस्करणको नाडा अटोमोवाइल ट्रेड डाइरेक्ट्री र ५१औं संस्करणको नाडा अटो न्यूज समेत प्रकाशित गरिसकेको छ । त्यस्तै अहिलेसम्म १८औं संस्करणको नाडा अटो ड्राइभ क्यालेण्डर प्रकाशित गरेको छ भने यही भाद्र महिनामा १८औं संस्करणको नाडा अटो शो समेतको आयोजना गर्ने क्रममा रहेको छ ।

त्यसैगरी नाडा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध वस्तुगत संघहरुमध्ये सो महासंघबाट उत्कृष्ट वस्तुगत एशोसिएशनको पुरस्कारबाट पटक पटक सम्मानित भईसकेको छ ।

यसैगरी, सन् २०१५ देखि क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ त्तःक् ऋभचतषष्भम इचनबलष्शबतष्यल को रुपमा स्थापित रहेको छ । नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी रुपमा विभिन्न सामाजिक महत्वका कार्यक्रमहरु सम्पन्न गर्दै विभिन्न राष्ट्रिय विपत्तिहरुमा समेत सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।

स्वर्ण उत्सव महोत्सव कार्यक्रमको संयोजन नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले गरेका थिए भने उक्त कार्यक्रम नाडाका महासचिव मिलनबाबु मल्लले सञ्चालन गरेका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...
spot_img