Friday, June 26, 2026
spot_img

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

spot_img
spot_img

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको मस्यौदा तयार पारेको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायात सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक’को मस्यौदामा भारी मात्रामा जरिवानाको प्रस्ताव गरिएको छ ।

प्रस्ताविक विधेयकको परिच्छेद ९ मा सजाय सम्बन्धि व्यवस्था राखिएको छ । जस अन्तर्गत विधेयकको दफा ६२ मा प्रस्ताव गरिए अनुसार चालकलाई ट्राफिक प्रहरीले विभिन्न ३३ वटा कसूरमा तत्काल कारबाही गर्न सक्नेछन् । साथै, थप ७ वटा कसूरमा पनि कारबाही गर्न सक्ने प्रावधान प्रस्ताव गरिएको छ ।

यस्तो छ प्रस्तावित जरिवाना

विधेयकमा प्रस्ताव गरिएको सजाय सम्बन्धि व्यवस्थामा नगद जरिवाना मात्रै न्यूनतम् १ सयदखि १ लाखसम्म तोकिएको छ । सवारी चालक र परिचालकले सवारी साधन चलाउँदा परिचयपत्र नलगाएमा एक सय रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ । विधेयकमा प्रस्तावित जरिवाना रकममा यो नै सबैभन्दा न्यून जरिवाना हो ।

यसैगरी, दर्ता गरिएको प्रयोजनभन्दा अन्य प्रयोजनमा सवारी साधन गरेमा दुई पाङ्ग्रेलाई ५ हजार, साना तथा मझौला सवारीलाई १० हजार र ठूला सवारीसाधनलाई १५ हजार रुपैयाँ जरिवाना लाग्ने प्रस्ताव गरिएको छ । लाइसेन्स प्राप्त नगरी सवारीसाधन चलाएमा वा कुनै एक वर्गको सवारीसाधन चलाउने लाइसेन्स लिएर अर्को वर्गको सवारीसाधन चलाएमा वा सवारी जाँचपास नगरी चलाएमा दुई पाङ्ग्रेलाई ५ हजार, साना सवारीलाई १० हजार र बस तथा ट्रकलाई १५ हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।

रुट परमिट लिनुपर्ने सवारी साधनहरु परमिट नलिई चलाएमा १० हजार, सवारी प्रदूषण परीक्षणको प्रमाणपत्र नबोकी सवारी चलाएमा दुई पाङ्ग्रेलाई ५ हजार, निजी कारलाई १० हजार र बस तथा ट्रकलाई १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

मादक पदार्थ वा नशालु पदार्थ सेवन गरी सवारीसाधन चलाएमा चालकलाई पनि भारी जरिवानाको प्रस्ताव गरिएको । यसमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रेको हकमा २५ हजार, ट्याक्सी र कारको हकमा ३५ हजार र माइक्रो बस, बस र ट्रकको हकमा ५० हजार जरिवाना तिर्नुपर्ने प्रस्ताव गरिएको छ ।

सवारीसाधनमा अपारदर्शी सिसा राखेमा वा सिसामा अन्य कुनै वस्तु राखेर बाहिरबाट भित्र नदेखिने बनाएर सवारीसाधन चलाएमा १ लाख रुपैयाँ जरिवाना तिराउने प्रस्ताव विधेयकमा छ ।

यसैगरी, हेलमेट नलगाई दुइ पाङ्ग्रे सवारी साधन चलाएमा ३ हजार जरिवाना लगाउने भनिएको छ । तोकिएको गतिभन्दा बढी गतिमा सवारीसाधन चलाएमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रेको हमा २५ हजार, साना सवारीसाधनको हकमा ३५ हजार र मझौला तथा ठूला सवारीसाधनको हकमा ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ । तर, तोकिएको गतिभन्दा ५ प्रतितसम्म गति बढी भएमा भने कुनै पनि जरिवाना लाग्ने छैन । अर्थात्, काठमाडौँमा सामान्यतया मोटरसाइकलको गति ५० किलो मिटर प्रतिघण्टा तोकिएको हुन्छ, अब यो विधेयक हुबहु पारित भएर कानून बनेमा ५२.५ किलोमिटर प्रतिघण्टाको स्पिडसम्म जरिवाना लाग्ने छैन ।

यति मात्रै होइन, अब तोकिएको गति सीमाभन्दा कम गतिमा सवारी चलाएमा पनि जरिवाना लाग्ने प्रस्ताव गरिएको छ ।

अब पैदल यात्रीलाई पनि जरिवाना प्रस्ताव गरिएको छ । यस अनुसार अब सार्वजनिक सडकको निर्धारित बाहेकका अन्य स्थानबाट सडकमा पैदल यात्रीले यात्रा गरेमा ५ सय रुपैयाँ जरिवाना तिराउने विधेयकमा प्रस्ताव छ । यस्तै, सार्वजनिक सडकमा निर्माण सामग्री र पशु चौपाय छाड्नेहरुलाई समेत ५ हजारदेखि २५ हजारसम्म जरिवानाको प्रस्ताव गरिएको छ ।

यस्तै, बिसौनी बाहेक अन्य स्थानमा सवारी रोकेमा वा पार्किङ गरेमा ५ हजार जरिवाना लाग्ने प्रस्ताव गरिएको छ । लामो दूरीको सार्वजनिक सवारीमा प्रत्येक ८ घण्टामा चालक फेर्नुपर्नेछ । राती बत्ती नबाली सवारी चलाएमा २ हजार रुपैयाँ जरिवाना लगाउने भनिएको छ ।

साथै, अनुमति नलिई विदेशी सवारी साधन चलाएमा २५ हजार जरिवाना तिर्नुपर्नेछ ।

चालकले एउटै कसुर दोस्रो पटक गरेमा थप ५० प्रतिशत र सोभन्दा बढी पटक गरेमा शतप्रतिशत थप जरिवाना लाग्ने व्यवस्था पनि प्रस्तावित विधेयकमा राखिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा छुट

कुमारी बैंक लिमिटेडका ग्राहकलाई नेसनल प्याथ ल्याब एण्ड रिसर्च...

मर्ज भए पोखरा र समृद्धि फाइनान्स, असार २६ गतेबाट एकिकृत कारोबार

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक...

समृद्ध सुदूरपश्चिमको आधार बन्दै जालपादेवी केबलकार

माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको...

ओम मेगाश्री फर्मास्युटिकल्सले बोलायो विशेष साधारणसभा, यस्ता छन् ८ प्रस्ताव

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।...

रास्वपाको केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका अर्थमन्त्री डा. वाग्ले उपसभापतिमा निर्विरोध

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...
spot_img