Wednesday, August 12, 2026
spot_img

एनवाईइएफ ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता, स्टार्टअप र नेतृत्व विकासमा जोड

spot_img

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) ललितपुर च्याप्टरको वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयन कार्यक्रम सम्पन्न भएको छ । साधारण सभाले अनुकूल श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको छ ।

नवनिर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठले आफ्नो कार्यकालमा युवा उद्यमीहरूको क्षमता विकास, नवप्रवर्तन, स्टार्टअप प्रवर्द्धन, व्यवसायमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको सशक्त इकोसिस्टम विकासलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रको नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नवनिर्वाचित अध्यक्ष तथा सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालको आर्थिक रूपान्तरणमा युवा उद्यमीहरूको भूमिका निर्णायक रहेको बताए । उनले निजी क्षेत्रको भविष्य नवप्रवर्तन, सिर्जनशीलता र युवा नेतृत्वसँग जोडिएको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र युवाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

उद्योग वाणिज्य महासंघले एनवाईइएफसँग मिलेर स्टार्टअप, उद्यमशीलता विकास, वित्तीय पहुँच, मार्गदर्शन तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नेटवर्क विस्तारका क्षेत्रमा थप प्रभावकारी सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रमलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनालले नवनिर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठ तथा सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले नेपालको आर्थिक विकासमा युवा उद्यमीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । आफू स्वयं पनि स्टार्टअप उद्यमसँग जोडिएको अनुभव सुनाउँदै मन्त्री खनालले युवा उद्यमीहरूले भोग्ने चुनौतीप्रति सरकार संवेदनशील रहेको बताउँदै स्टार्टअप प्रवर्द्धन, उद्यमशीलता विकास, लगानीमैत्री वातावरण निर्माण, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको धारणा रखे ।

कार्यक्रममा युवा उद्यमशीलता, स्टार्टअप प्रवर्द्धन, नवप्रवर्तन, निजी क्षेत्रको नेतृत्व विकास तथा सरकार–निजी क्षेत्र–युवा उद्यमीबीच सहकार्य विस्तारका विषयमा समेत छलफल गरिएको थियो।

श्रेष्ठको अध्यक्षतामा गठिन समितिमा निवर्तमान अध्यक्षका रुपमा एल्भिस रञ्जित पनि रहने छन् । यस्तै प्रथम उपाध्यक्षमा प्रकिरण श्रेष्ठ र द्वितीय उपाध्यक्षमा आशिष भण्डारी चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा आशंक राणा, रितेज श्रेष्ठ, अभिषेक शारदा, श्रद्धा कटुवाल, कुशल जोशी, अनिष रौनियार, नीरज काफ्ले, अस्मी श्रेष्ठ, निकीता श्रेष्ठ, अभिनभ राज श्रेष्ठ र क्षितिज ध्वज थापा चयन भएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

FDI मा नयाँ आयाम: एनआरएन फण्डलाई आइपीओको बाटो खुल्यो, ५० अर्ब भित्र्याउने लक्ष्य

गैरआवासीय नेपालीहरुको अगुवाईमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड...

अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, मूल्य ६ लाख ८४ हजार

वैद्यज अर्गनाइजेशनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा...

नेप्सेमा सर्वोत्तम पेन्ट्सको शेयर सूचीकृत, SAPIL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको शेयर...

इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा गोर्खाज फाइनान्स, ईपीएस २५.२८ रुपैयाँ

गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

घट्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

१२९ प्रतिशतले बढ्यो बिन्ध्यवासिनी हाइड्रोको नाफा, विद्युत बिक्रीबाट ४५.५६ करोड आम्दानी

बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो...
spot_img