spot_img

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

spot_img

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको पदबहाली आगामी सोमबार हुने भएको छ। धितोपत्र बोर्डले सोमबार पदबहाली गर्ने गरि तयारी गरेको हो ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको कारण उनको पदबहालीमा ढिलाई भएको थियो। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रास्वपाका उपसभापति थिए र फेरी पनि उपसभापति मै निर्वाचित भएका छन्। उनी पार्टीको महाधिवेशनको लागि चितवनमा छन्।

अर्थमन्त्री चितवनमा रहँदा नव नियुक्त अध्यक्ष डा. भट्टले नियुक्ति पत्र बुझ्न पाएका थिएनन्। अब अर्थमन्त्री महाधिवेशन सकेर आज साँझ काठमाडौँ फर्कने कार्यक्रम छ । त्यसपछि डा. भट्टले नियुक्ति पत्र बुझ्ने, सपथ लिने र सोमबार पदबहाली गर्ने कार्यक्रम रहेको बताईएको छ।

बोर्ड अध्यक्षले अर्थमन्त्रीबाट नियुक्ति पत्र बुझेर अर्थमन्त्री समक्ष नै पद तथा गोपनियताको सपथ लिने प्रचलन छ। त्यसपछि बल्ल बोर्डको कार्यालयमा पदबहालीको लागि जाने अभ्यास छ ।

डा. भट्टलाई असार ५ गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । सामान्यतया नियुक्तिको दोस्रो कार्य दिनमा नियुक्तिपत्र प्रदान हुन्थ्यो र पदबहाली हुन्थ्यो। तर मन्त्री नै चितवनमा भएका कारण यी काम हुन सकेको थिएन। अब भने मन्त्री फर्किए पछि यी काम अघि बढ्ने छ ।

बोर्डका नवनियुक्त अध्यक्ष डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । केन्द्रीय बैंकमा ३० वर्ष सेवा गरेर उनी सेवानिवृत्त भएका थिए । उनले ‘स्टक मार्केट इफिसियन्सी इन नेपाल’ विषयमा विद्यावारिधी गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमै बनेको स्कुटर ‘यात्री P2’ को मूल्य सार्वजनिक

सिप्रदी यात्रीले नेपालमै उत्पादन गरेको नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री...

इजरालय पठाइदिने भन्दै १५६ जनालाई ठग्ने चौलागाईं पक्राउ

वैदेशिक रोजगारी सम्बन्धि ठगीको आरोपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि...

साउनमा वाणिज्य बैंकको खुद नाफा ८ अर्ब ७३ करोड, कुनको कति ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् २०८३...

नदी तटीय क्षेत्रको शहरीकरण र विकास आयोजनाको मापदण्ड फेर्न सरकारलाई निर्देशन

संसदको अर्थ समितिले नदी तटीय क्षेत्रमा हुने शहरीकरण एवम्...

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त...