Sunday, June 28, 2026
spot_img

आज संसदमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने, आजै अधिवेशन अन्त्य हुँदै

spot_img
spot_img

आज राष्ट्रपतिले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे बस्ने सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन पनि आज चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय र सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यही चैत १९ गतेदेखि दुवै सदनको अधिवेशन प्रारम्भ भएको थियो ।

अब बजेट अधिवेशन आह्वान हुने छ । जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पेश हुने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एनवाईइएफ ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता, स्टार्टअप र नेतृत्व विकासमा जोड

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) ललितपुर च्याप्टरको वार्षिक साधारण...

पोर्चुगलसँग बराबरी खेलेपछि कोलम्बिया बन्यो समूह बिजेता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बिया...

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...
spot_img