Sunday, June 28, 2026
spot_img

प्रहरीमा गरिएको उजुरीको प्रगति अब ‘फोन वा एसएमएस’बाटै पाइने

spot_img
spot_img

तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो समस्यामा पर्नुभएको छ भने अब त्यस्ता समस्या बेहोरिरहनु पर्ने छैन ।

अब त्यो जानकारी तपाईंको मोबाइलमै आइपुग्ने छ । नेपाल प्रहरीले अब मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा तथा जाहेरीको प्रगतिबारे ‘फोन वा एसएमएस’बाटै जानकारी दिने भएको छ ।

प्रहरीले नागरिकका सेवा प्रभावकारी बनाउन फोन वा एसएमएसबाटै जानकारी दिने व्यवस्था सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले एक सूचनामार्फत भनेको छ, “मुद्दा दर्ता हुने प्रहरी एकाइहरूसम्म सेवाग्राहीबाट प्राप्त हुन आएका उजुरी, निवेदन, गुनासो, जाहेरी दरखास्त आदि दर्ता भएपश्चात् त्यसको प्रगति के भयो र के–कसरी कार्यान्वयन भइरहेको छ भनेर सम्बन्धित सेवाग्राहीहरूले दिनुभएको सम्पर्क नम्बरमा फोन गरेर वा एसएमएसमार्फत सूचना दिने व्यवस्था लागू गरिएको व्यहोरा जानकारी गराउँदछौँ ।”

यसरी जानकारी दिँदा सेवाग्राहीहरू प्रहरी कार्यालयमा आउनु नपर्ने भएकाले समयको बचत हुने प्रहरीको निष्कर्ष छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

कस्तो रहला आजको मौसम ?

आज आइतबार कोशी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना...

एनवाईइएफ ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता, स्टार्टअप र नेतृत्व विकासमा जोड

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) ललितपुर च्याप्टरको वार्षिक साधारण...

पोर्चुगलसँग बराबरी खेलेपछि कोलम्बिया बन्यो समूह बिजेता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बिया...

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...
spot_img