राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले डा. भट्टलाई योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ ।
डा. भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका हुन् । गभर्नर बन्ने चर्चा चलेपछि उनले राजीनामा दिएका थिए। तर सरकारले डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गरेको थियो।












